उत्तरी गोरखामा जम्यो तीन फिट हिउँ, यात्रा गर्दा सावधानी अपनाउन अनुरोध

सशस्त्र प्रहरी बलले गोरखाको साम्दो इलाकामा पर्ने पदमार्गमा यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ। चुमनुब्री -१ साम्दो क्षेत्रमा हाल ३ फिटसम्म हिउँ परेकोले सो पदमार्गमा यात्रा गर्ने पर्यटकहरूलाई सावधान रहन भनेको हो।केही दिनयता भएको भारी हिमपातले बाटोघाटो अवरुद्ध भएपछि सशस्को बीओपी साम्दोले हिउँ पन्छाउने कार्य पनि निरन्तर गरिरहेको जनाएको छ।
यसैगरी उत्तरतर्फका पदमार्गका कतिपय ठाउँमा हाल सशस्त्र प्रहरी बलका बोर्डर आउट पोस्ट स्थापना भइसकेका र अन्य स्थानमा पनि बीओपी स्थापना गरिने योजना रहेकोले हाल रहेका बीओपीहरूले ती क्षेत्रमा विपद् उद्धारलाई प्राथमिकताका साथ काम गरिरहेको सशस्त्रका केन्द्रीय सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
हाल उत्तरतर्फ १० वटा बीओपी रहेकोमा प्रत्येक १० किलोमिटरमा स्थापना गर्ने संगठनको दीर्घकालीन लक्ष्य रहेको बताइएको छ।
हिमाली क्षेत्रमा आवतजावत गर्दा कुनै समस्या भएमा र सूचनाको लागि सशस्त्र प्रहरी बलको हटलाइन नम्बर १११४ मा फोन गर्न समेत अनुरोध गरिएको छ।














आजको मौसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
प्रतिक्रिया