भारतको पञ्जाबमा घरको छत खस्दा ५ जनाको मृत्यु
मेरोन्यूज
२०८१ फागुन १७ गते १८:१७

भारतको उत्तरी राज्य पञ्जाबमा शनिबार घरको छाना खस्दा एक परिवारका पाँच सदस्य (एक दम्पती र तिनका तीन छोराछोरी) को मृत्यु भएको प्रहरीले जनाएको छ । पञ्जाबको सहर अमृतसरबाट २८ किलोमिटर दक्षिणमा रहेको तरनतारन जिल्लाको पाण्डोरी गोला गाउँमा स्थानीय समयअनुसार बिहान ४ः३० बजे एउटा पुरानो घरको छाना खसेको थियो ।
प्रहरीका अनुसार परिवारका सदस्य सुतिरहेका बेला माथिको छत खसेको थियो । “घटना लगत्तै स्थानीयहरूले उद्धार कार्य गरे र उनीहरू सबैलाई भग्नावशेषबाट निकाले ।
उनीहरूलाई अस्पताल लगिए पनि त्यहाँका डाक्टरहरूले उनीहरूलाई मृत घोषणा गरे,” एक प्रहरी अधिकारीले बताउनुभयो । घर जीर्ण अवस्थामा रहेको प्रहरीले जनाएको छ । यसैबीच, प्रहरीले घटनामा मुद्दा दर्ता गरी अनुसन्धान गर्न आदेश दिएको छ ।
सम्बन्धित










निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिकतर्फका उम्मेदवारहरुकाे बन्दसूची पेश गर्न आयोगको आग्रह
जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरूको एकसाथ सुनुवाइ हुने
प्रतिक्रिया