सेयर बजारमा उच्च वृद्धि, यी १० कम्पनीको सर्वाधिक कारोबार
मेरोन्यूज
२०८१ फागुन १८ गते १५:२५

काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजार उच्च अंकले बढेको छ। नेप्से परिसूचक ७५.२४ अंकले बढेर २८९०.२८ को विन्दुमा बन्द भएको छ।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटा बढेका छन् भने म्युचुअल फन्ड समूह घटेको छ। यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ४.७९ प्रतिशतले बढेको छ।
आज बजारमा १९६ कम्पनीको शेयरभाउ बढेको छ भने ४४ वटाको घटेको छ। यो दिन ४ कम्पनीको सेयरभाउ स्थिर रहेको छ।
बजारमा आज सवा १४ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ।
सर्वाधिक कारोबार भएका १० कम्पनी
- नेपाल पुनर्बीमा कम्पनीः ९७ करोड ५३ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः ८५ करोड ९३ लाख रुपैयाँ
- सिन्धु विकास बैंकः ४० करोड ४ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः ३३ करोड ३५ लाख रुपैयाँ
- साहस ऊर्जाः २६ करोड ८५ लाख रुपैयाँ
- हिमालयन डिस्टिलरीः २४ करोड ३८ लाख रुपैयाँ
- सीईडीबी होल्डिङ्सः २४ करोड ३१ लाख रुपैयाँ
- घलेम्दी हाइड्रोः २३ करोड ५२ लाख रुपैयाँ
- शिवम सिमेन्टः २१ करोड ४६ लाख रुपैयाँ
- नेपाल लाइफः २० करोड ४९ लाख रुपैयाँ
सम्बन्धित















Campaign on conservation of leasehold forest in Chitwan
वीरगञ्जका विभिन्न क्यासिनोबाट ६ जना पक्राउ
युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव
थलापति विजय तमिलनाडुको मुख्यमन्त्री
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो
प्रतिक्रिया