इजरायलमा छुरा प्रहारबाट एक जनाको मृत्यु, ४ घाइते

इजरायलको हाइफा शहरको एक यातायात स्टेसनमा सोमबार भएको छुरा प्रहारबाट एक जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका स्थानीय अस्पतालका चिकित्सकले बताएका छन् ।
गत जनवरी १९ मा गाजामा इजरायल र प्यालेस्टिनी लडाकू समूह (हमास)बीच भएको युद्धविरामपछि इजरायलमा भएको यो पहिलो घातक आक्रमण हो ।
गाजा युद्धविरामको पहिलो चरणको वार्ता सप्ताहन्तमा समाप्त भएपछि दुई पक्षबीच वार्ता रोकिएको बेला उक्त आक्रमण भएको हो ।
इजरायलको ‘म्यागेन डेभिड एडोम’ नामक आपतकालीन सेवाले भनेको छ, “मेडिकल टोलीले अन्दाजी ७० वर्षीय एक व्यक्तिको मृत्यु भएको घोषणा गरेको छ र चार जना घाइतेलाई उद्धारपछि उपचार गरिरहेको छ ।”
घाइतेमध्ये अन्दाजी ३० वर्षीय एक पुरुष र एक महिला तथा १५ वर्षीय बालकको अवस्था गम्भीर रहेको छ । उनीहरू अझै खतरामुक्त भइनसकेको बताइएको छ ।
इजरायली प्रहरीले इजरायल–प्यालेस्टाइन द्वन्द्वसँग सम्बन्धित व्यक्तिहरूलाई ‘आतङ्कवादी’ आक्रमणको संज्ञा दिए पनि सोमबारको आक्रमणमा संलग्न अपराधीको पहिचान भने हुन सकेको छैन ।
आक्रमणकारीले सुरुमा नै गोली चलाएको बुझिएको प्रहरीले जनाएको छ ।
घाइतेहरूलाई बाहिर निकालेपछि त्यहाँ पुगेका एएफपीका पत्रकारहरूले आक्रमणकारीको शव कम्बलमुनि भुइँमा देखेको बताए ।
उत्तरी इजरायलको ठूलो तटीय शहर हाइफाको बस र रेल स्टेसनमा आक्रमण भएको हो ।
युद्धविराम लम्ब्याउने विषयमा हमाससँग असहमति भएपछि इजरायलले आइतबार गाजामा मानवीय सहायता प्रवेशमा रोक लगाएको थियो ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया