ब्राजिलियन डीजे एलोक एलओडीमा आउँदै

काठमाडौँ। ब्राजिलियन डीजे एलोकले एलओडी क्लबमा आफ्नो सांगीतिक प्रस्तुति दिने भएका छन् । शुक्रबार अर्थात् मार्च ७ मा ठमेलस्थित एलओडी क्लबमा उनले आफ्नो प्रस्तुती दिने भएका हुन् ।
उनी विश्वकै उत्कृष्ट डिजे र्याङ्किको चौथो नम्बरमा परेका कलाकार हुन् । विश्वभरमा सय जना उत्कृष्ट डिजे रहने गरेका छन् ।
सोही दिनको क्लबले २ हजार र ३ हजार रुपैयाँ टिकट राखिएको क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए । उनका अनुसार दर्शकले खल्ती एपबाट टिकट खरिद गर्न सक्ने छन् । डान्स फ्लोरको २ हजार र भीआइपीको ३ हजार रुपैयाँ राखिएको छ। क्लबले अर्ली अग्रिम टिकट बिक्री भइसकेको छ ।
क्लबले सोही दिन विभिन्न प्याकेजमा टेबल बिक्री गर्ने भएको छ । टेबल प्याकेज ३० हजारदेखि डेढ लाख रुपैयाँसम्मको मूल्य तय गरेको छ ।
यसअघि पनि एलओडीमा बलिउडका नेहा कक्कर, अर्मान मल्लिक र इण्डियन आइडल पवनदीप लगायतका कलाकारले प्रस्तुति दिइसका छन् । त्यसैगरी, टिम्मी ट्रम्पेट, टोपीक, स्टेबीन बेन, ज्योतिका टंगारी लगायतका कलाकारले समेत प्रस्तुति दिइसकेका छन् ।
एलओडी क्लब ‘लर्ड अफ द ड्रिंक्स’ विश्वकै उत्कृष्ट क्लबमध्ये ४९,५२ र ५० औँ स्थानमा परिसकेको क्लब हो । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२४ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी क्लबले ५० औँ स्थानमा राखेको हो । सन् २०२५ को लागि क्लब नोमिनेसनमा परिसकेको छ ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया