ट्राफिक व्यवस्थापन तथा सुरक्षामा प्रहरी र समुदायसँगसँगै

ललितपुर । सहरी क्षेत्रका साना सडक तथा चोकलाई सुरक्षित बनाइ ती स्थानमा सवारीसाधन व्यवस्थापन गर्न समुदाय र सुरक्षाकर्मी एकीकृत भइ अगाडि बढ्नुपर्नेमा जोड दिइएको छ ।
‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ नाराका साथ आज ललितपुर महानगरपालिका–२५ भैँसेपाटीको प्रगतिनगर चोकमा आयोजित अन्तरक्रियाका वक्ताहरूले शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदाय–प्रहरीबीचमा साझेदारी गर्नुपर्नेमा जोड दिए । प्रगतिनगर सडक विस्तार तथा स्तरोन्नति उपभोक्ता समितिका अध्यक्ष दिनेश अम्गाईले टोलको विकास र स्थानीय आवश्यकतालाई पूर्ति गर्न सबै एक हुनुपर्ने बताए । उनले टोलवासी एवं प्रहरीबीचको सौहार्दताले समाजलाई सुरक्षित राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
प्रहरी प्रभाग भैँसेपाटी बुङ्मतीका प्रहरी निरीक्षक शशिधर शर्माले टोलीवासीलाई एकताबद्ध भएर सुरक्षा निकायसँग सम्पर्कमा रहन आग्रह गरे । उनले टोलमा अव्यवस्थित पार्किङ नगर्न सुझाव दिए ।
सो अवसरमा स्थानीयवासी डा. लक्ष्मण न्यौपानेले टोल समाजको विकासको स्तर उकास्न टोलवासी एकताबद्ध हुन आग्रह गरे। उनले सडकमा अनावश्यक पार्किङ नगर्न र फोहर नफाल्न आग्रह गर्दै सबैको बलबाट समाजलाई सुरक्षित र सफा राख्न मद्दत पुग्ने बताए । कार्यक्रममा प्रगतिनगरदेखि शिवमन्दिरसम्मका टोलवासीको उपस्थिति थियो ।










बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
टी-२० विश्वकपका लागि २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया