सरकार र उद्योगीबीच ग्यासको मुल्य बढाउने सहमति

काठमाडौँ । सरकार र आन्दोलन घोषणा गरेका ग्यास उद्योगीसँग सहमति भएको छ । ग्यास उद्योगीहरूको छाता संगठन नेपाल एलपी ग्यास उद्योग संघ र सरकारबीच भएको वार्तामा सहमति जुटेको हो । सहमतिसँगै उद्योगीहरूको आन्दोलन स्थगित भएको छ ।
संघ र सरकारबीच ५ बुँदे सहमतिभएसंगै ग्यासको मुल्य बढ्ने भएको हो । मंगलबार भएको वार्तापछि ग्यासमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहित भएको छ । यो सँगै अब ग्यासको मुल्य प्रतिसिलिन्डर १९ सय २२ रुपैयाँ ७५ पैसा पुगेको छ । हाल ग्यासको मुल्य १९ सय १० रहेको छ ।
उद्योगीहरूले नाफा बढाउनु पर्ने माग राख्दै गत माघ ३० गतेदेखि आन्दोलन घोषणा गरेका थिए । तर, सरकारसँग छलफल भएपछि १५ दिनका लागि आन्दोलन स्थगित गरिएको थियो । अत्यावश्यक वस्तुमा सरकारले आन्दोलन गर्न नपाउने गरी निषेध गरेको छ । खाना पकाउने ग्यास अत्यावश्यक वस्तुभित्र पर्छ । तर पनि ग्यास उद्योगीहरूले बारम्बार आन्दोलन घोषणा गर्दै आएका छन् । यस अघि सोमबार भएको छलफलमा ठोष निर्णय हुन सकेको थिएन ।















ट्रक र कन्टेनर एकापसमा ठोक्किँदा चालकको मृत्यु
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
चितवन राष्ट्रिय निकुञ्जमा पोखरी निर्माण र मर्मत सुरु
वर्षाले घट्यो वायु प्रदूषण
Slight decline in gold, silver prices
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
प्रतिक्रिया