वन्यजन्तु मानव द्वन्द्व: छ महिनामा दश जनाको मृत्यु

चितवन । वन्यजन्तुको आक्रमणमा परी चालु आर्थिक वर्षमा १० जनाको मृत्यु भएको छ । गत साउन यता चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गैँडा, हात्ती र बाघको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार गैँडाको आक्रमणबाट आठ जना, हात्ती र बाघको आक्रमणबाट एक-एक जनाको मृत्यु भएको हो । यस आर्थिक वर्षमा जंगली जनावरका कारण १४ जना घाइते भएका छन् । गैँडाको आक्रमणबाट १२ जना, हात्तीको आक्रमणबाट दुई जना घाइते भएका छन् ।निकुञ्जले मृतकका परिवारलाई रु. १० लाख र घाइतेको उपचारका लागि रु दुई लाखसम्म सरकारी अस्पतालको उपचार खर्च व्यहोर्ने गरेको छ । हालसम्म रु. ९४ लाख ६१ हजार नौ सय ३१ राहतस्वरुप प्रदान गरिएको उनले बताए । राहतस्वरुप प्रदान गरिएको रकम अन्नबाली र घर टहरामा समेत उपयोग भएको छ ।
मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण हुन नसक्दा बर्सेनि जंगली जनावरको आक्रमणका कारण अकालमा मृत्यु वरण गरेको उनले बताए । उनले भने, “निकुञ्जभित्र वन्यजन्तुको वासस्थानलाई व्यवस्थित र प्रभावकारी बनाउन सकेमा मात्र मानव-वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न सकिन्छ ।” अहिले निकुञ्जले यस क्षेत्रमा घाँसे मैदान व्यवस्थापन, पानी (ताल, तलैया एवं पोखरी) व्यवस्थापन लगायत क्षेत्रमा काम गरिरहेको उनले बताए ।
निकुञ्ज र मध्यवर्ती क्षेत्रमा अनधिकृत रूपमा प्रवेश गर्दा पनि यस्ता घटना हुने गरेका छन् । घाँस दाउरा काट्न, माछा मार्न, निगुरो टिप्न ती क्षेत्र प्रवेश गर्दा जनावाले आक्रमण गर्ने गरेको पाइएको छ । निकुञ्जले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि मेस जाली भर्ने, तारबार लगाउने, विद्युतीय तारबार गर्ने, पक्की पर्खाल लगाउने र वन्यजन्तु बस्ती पस्दा उद्धार र व्यवस्थापनलगायत काम गरिरहेको जनाएको छ ।











सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष
कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया