मंगलबार, वैशाख १६, २०८२

पाल्हीनन्दनका अध्यक्ष गुप्ता लागुऔषध कारोबारमा दोषी ठहर

मेरोन्यूज २०८१ फागुन २१ गते १७:२८

बुटवल । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) लागूऔषध कारोबारमा दोषी ठहर भएका छन् ।

जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले अध्यक्ष गुप्ता र गाउँपालिकाका नगर प्रहरी रघुनाथप्रसाद धोबीलाई कसुरदार ठहर गरेको हो ।

गुप्ता र धोबीलाई सजाय निर्धारणको लागि फागुन २९ गते पेसी तोकिएको छ ।

लागूऔषध अभियोगमा २ देखि १० वर्षसम्म कैद र १ लाखदेखि २० लाख रूपैयाँसम्म जरिबानाको व्यवस्था छ ।

प्रतिक्रिया