मिर्गौला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी । विश्व मिर्गौला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल (याली गरिएको छ ।
‘सबैका लागि मिर्गौला स्वास्थ्य’ नारासहित वर्षमा एक पटक मिर्गौला जाँचौँ, आफनो मिर्गौला बचाऔँ भन्ने अभियानका साथ साइकल (याली तथा अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
केन डाईबेटिज एण्ड थाइरोइड सेन्टर, नेपाल सोसाईटी अफ नेफ्रोलोजी, बुटवल युनाइटेड साइक्लिङ क्लब, लायन्स क्लब अफ बटौलीको संयुक्त आयोजनामा सम्पन्न साइकल (याली कालिका मानविज्ञान विद्यालयबाट सुरु भएको थियो । (याली बुटवल नगर परिक्रमा गरी रामनगर हुँदै तिलोत्तमा नगरपालिकाको बनबाटिका जानकीनगरस्थित केन सेन्टरमा पुगेर समापन भएको थियो ।
कार्यक्रममा नेपाल सोसाईटी अफ नेफ्रोलोजीका अध्यक्ष डा शक्ति बस्नेतले विश्व परिवेशमानै मिर्गौला समस्या हुने सङ्ख्या बढ्दो रहेको बताए । “विश्वमा ७८ करोड जनसङ्ख्या मिर्गौलाको समस्या भएका व्यक्ति छन्”, उनले भने, “नेपालका कुल जनसंख्यामध्ये १० प्रतिशतमा कुनै न कुनै किसिमको मिर्गौलाको समस्या छ ।”
केन सेन्टरका अध्यक्ष दिनेश कक्षपतीले आफनै परिवारमा मिर्गौला रोगबाट परेको समस्याको बताए । उनले आफनो क्षेत्रबाट थोरै भएपनि सचेतना जगाउने अभियानमा सबैको हातेमालो जरुरी रहेको बताए । पछिल्लो समयमा केनमा उपचार गर्न आउने मधुमेहका बिरामीहरुमध्ये करीब चार सय बढीको मिर्गौला बचाउन सफल भएको उनले बताए ।


















सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास
अमेरिकी सहायक विदेशमन्त्री कपुर र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
कञ्चनपुरमा चक्कु प्रहार गरी युवकको हत्या
विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी
नेपाल लाइफको बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशत छुट
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
प्रतिक्रिया