बालिकामाथि यौन दुरुपयोग गरेको आरोपमा सप्तरीमा कम्प्युटर शिक्षक पक्राउ

काठमाडौं। विद्यालयभित्रै बालिकामाथि बाल यौन दुरुपयोग गरेको आरोपमा सप्तरीमा शिक्षक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धनुषा सवैला नगरपालिका-१२ घर भई सप्तरी सप्तकोशी नगरपालिका-२ बस्ने ३३ वर्षीय रमेशकुमार राउत रहेका छन्।
सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार उनलाई दुई दिनअघि सप्तकोशी नगरपालिका-२ स्थित गौवर्द्धन बैरागी जनता माविबाट पक्राउ गरिएको हो।
उनले सोही दिन बिहान ८ बजे १६ वर्षीया नाबालिका ‘कञ्चनपुर २०८१/८२’लाई बाल यौन दुरुपयोग गरेको उजुरी परेको थियो।
राउत सो विद्यालयमा कम्युटर शिक्षक हुन्। उनले बालिकामाथि यौन दुरुपयोग गरेको जानकारी पाएपछि पक्राउ गर्न इलाका प्रहरी कार्यालय कञ्चनपुरको टोली विद्यालयमा पुगेको थियो।
‘यौन दुरुपयोग गरेको भनी सम्बन्धित बालिकाले नै प्रहरीलाई जानकारी गराएकी छिन्,’ प्रहरी उपरीक्षक खतिवडाले भने, ‘हिरासतमा राखेर अहिले अनुसन्धान थालिएको छ।’










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया