२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
मेरोन्यूज
२०८१ फागुन २२ गते १५:३२

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार घटेको छ । आज नेप्से परिसूचक २ दशलमव ७० अंकले घटेर २,८१८ को विन्दुमा कायम भएको हो।
बिहिबार ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीको घटेको छ । आज दिनभरिमा ३१० कम्पनीको १ करोड ९० लाख ४१ हजार कित्ता सेयर किनबेच हुँदा १० अर्ब १० करोड माथिको कारोबार भएको छ ।
यसदिन सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब १२ करोडको सेयर कारोबार भएको हो । यस्तै नेपाल पुनर्बीमा कम्पनीको १ अर्ब ८ करोडको सेयर कारोबार भएको छ । एनआरएनको ३४ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
बिहिबार सबेभन्दा धेरै गार्डियन माइक्रो लाइफ र भुगोल इनर्जीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै नविल डिबेञ्चर २०८२ का इकाईधनीले गुमाएका छन् ।
सम्बन्धित









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया