वीरेन्द्रनगरलाई हरित नगर बनाइँदै

भेरीगङ्गा (सुर्खेत) । कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकालाई हरित नगरको रूपमा विकास गरिँदै लगिएको छ । वीरेन्द्रनगरलाई सुन्दर, सफा र हरियाली सहर बनाउने दीर्घकालीन सोचका साथ हरित नगरको रुपमा विकास गर्न लागिएको हो ।
नगरपालिकाले यसका लागि ‘एक घर दुई बिरुवा, हामी आफैँ कुरुवा’ कार्यक्रम सञ्चालन गरिरहेको छ । यो कार्यक्रमअन्तर्गत वीरेन्द्रनगरभित्र नयाँ घर निर्माण गर्ने घरधनीले आफ्नो आगनमा दुई बिरुवा वृक्षरोपण गर्नुपर्ने हुन्छ भने त्यसको रेखदेख पनि आफैँले गर्नुपर्ने हुन्छ ।
नगरपालिकाको यो नीतिले वीरेन्द्रनगरलाई हरियाली र सुन्दर बनाउन सघाउ पुग्ने अपेक्षा लिइएको छ । नगरप्रमुख मोहनमाया ढकाल भन्नुहुन्छ, “नयाँ घर निर्माण गर्नेले दुई बिरुवा वृक्षरोपण गर्नैैपर्ने नीति बनाएका छौँ, नगरपालिकामा वृक्षरोपण अभियान चलाएका छौँ । विगतभन्दा वीरेन्द्रनगर सुन्दर र सफा बन्दै गएको छ ।” नगरभित्र निर्माण भएका नयाँ सडकको आसपासमा समेत वृक्षरोपण गरिएको नगरप्रमुख ढकालले दुई वर्षमा करिब दश हजार नयाँ बिरुवा सडक छेउछाउमा रोपिएको बताउनुभयो । “वातावरणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौँ,” नगरप्रमुख ढकालले भने”, “विश्व जलवायु परिवर्तनको असरको चपेटामा परिरहेका बेला हरित सहर बनाउने योजना अघि बढाएका हौँ ।”
सडक छेउछाउमा अहिले फलफूलका बिरुवा समेत रोपिएका छन् । नगरपालिकाले ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा वितरण गरिरहेको छ । नगरपालिकाले प्लाष्टिकमुक्त नगर बनाउने गरी योजना बनाएको र त्यसलाई कार्यान्वयन गर्न सबै नागरिक जागरुक हुनुपर्ने उहाँको भनाइ छ । “वीरेन्द्रनगर नगरपालिकामा ३५० भन्दा बढी टोल विकास समिति छन्, ती समितिमा प्रशिक्षक पनि राखेका छौँ । उहाँहरुमार्फत गाउँगाउँमा हरियाली सहर बनाउनुपर्छ भनेर अभियान र सचेतना जगाइरहेका छौँ ।”











लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
तनहुँमा ५९ हजार कुखुराको बिमा
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
आज क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा ‘क्रिसमस डे’ मनाउँदै
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
प्रतिक्रिया