नेपालमा सार्वजनिक भयो एमजी एस ५ ईभी, कति पर्छ मूल्य ?

काठमाडौं । एमजीको क्रसओभर एसयुभी एस ५ नेपालमा सार्वजनिक भएको छ।
आधिकारिक विक्रेता प्यारामाउन्ट मोटर्सले नयाँ मोडलको विद्युतीय गाडी बजारमा ल्याएको हो।

एस ५मा विश्वकै सबैभन्दा पातलो अल्ट्रा थिन ब्याट्री प्रयोग गरिएको छ । ९९ किलोवाट मोटर रहेको यस गाडीमा २ वटा ब्याट्री अप्सनमा रहेको छ। ४९ किलोवाट आवरले ३४० र ६२ किलोवाट आवरको ब्याट्रीले ४३० किलोमिटर रेन्ज दिने कम्पनीकाे दाबी छ ।
एस५ मा १२.८ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन, १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र माथिल्लो भेरिएन्टमा प्यानोरामिक सनरुफ लगायतका विशेषता छन् ।

स्केलेबल मोडुलर प्लेटफर्ममा बनेको यस ईभीमा रियर ह्विल ड्राइभ र इन्डिपेन्डेन्ट सस्पेन्सन लगायतका विभिन्न फिचर छन् ।
एमजी एस५ ईभीले ७.१ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ भने यसको टप स्पिड १७५ किलोमिटर प्रतिघण्टा छ ।

तीन भेरिएन्टमा उपलब्ध एमजी एस५ को मूल्य ४३ लाख ९९ हजार, ४९ लाख ९९ हजार र ५४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

नेपालमा २०१९ मा सार्वजनिक भएको एमजी जेटएस ईभी २५०० बिक्री भएको कम्पनीले जनाएको छ ।











क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छ : कार्यवाहक प्रमुख आयुक्त
जेनजी घटनापछि सबैकाे आलोचना हामीले खेपिरहेका छाैं : प्रधानमन्त्री
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
प्रतिक्रिया