नेपालमा सार्वजनिक भयो एमजी एस ५ ईभी, कति पर्छ मूल्य ?

काठमाडौं । एमजीको क्रसओभर एसयुभी एस ५ नेपालमा सार्वजनिक भएको छ।
आधिकारिक विक्रेता प्यारामाउन्ट मोटर्सले नयाँ मोडलको विद्युतीय गाडी बजारमा ल्याएको हो।

एस ५मा विश्वकै सबैभन्दा पातलो अल्ट्रा थिन ब्याट्री प्रयोग गरिएको छ । ९९ किलोवाट मोटर रहेको यस गाडीमा २ वटा ब्याट्री अप्सनमा रहेको छ। ४९ किलोवाट आवरले ३४० र ६२ किलोवाट आवरको ब्याट्रीले ४३० किलोमिटर रेन्ज दिने कम्पनीकाे दाबी छ ।
एस५ मा १२.८ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन, १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र माथिल्लो भेरिएन्टमा प्यानोरामिक सनरुफ लगायतका विशेषता छन् ।

स्केलेबल मोडुलर प्लेटफर्ममा बनेको यस ईभीमा रियर ह्विल ड्राइभ र इन्डिपेन्डेन्ट सस्पेन्सन लगायतका विभिन्न फिचर छन् ।
एमजी एस५ ईभीले ७.१ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ भने यसको टप स्पिड १७५ किलोमिटर प्रतिघण्टा छ ।

तीन भेरिएन्टमा उपलब्ध एमजी एस५ को मूल्य ४३ लाख ९९ हजार, ४९ लाख ९९ हजार र ५४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

नेपालमा २०१९ मा सार्वजनिक भएको एमजी जेटएस ईभी २५०० बिक्री भएको कम्पनीले जनाएको छ ।















रुकुम पश्चिममा काठले च्यापिएर एक जनाको मृत्यु
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
चितवन राष्ट्रिय निकुञ्जमा पोखरी निर्माण र मर्मत सुरु
वर्षाले घट्यो वायु प्रदूषण
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
प्रतिक्रिया