लोसपाका रौतहट अध्यक्ष साहसहित ६५ कार्यकर्ता माओवादीमा प्रवेश
मेरोन्यूज
२०८१ फागुन २४ गते १२:५८

रौतहट । लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं रौतहट जिल्ला अध्यक्ष लिलाप्रसाद साह तेलीसहित ६५ जना कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् ।
जनतासँग माओवादी, तराई-मधेस जागरण अभियानका क्रममा रौतहट पुगेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साहलाई पार्टीमा स्वागत गरेका हुन् ।रौतहटको माधवनारायण नगरपालिका ६ माधोपुरमा आयोजित कार्यक्रममा साहसहित ६५ कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् । साह गत स्थानीय तह निर्वाचनमा लोसपाबाट नगर प्रमुखको उम्मेदवार बनेका थिए । उनले चुनावमा ३ हजार ३३२ मत पाएर निकटम प्रतिस्पर्धी बनेका थिए ।
माओवादी प्रवेश गरेका साहले काँग्रेस, एमाले पहिचान विरोधी भएको भन्दै मधेसको अधिकार रक्षा माओवादीबाट हुने देखेर प्रवेश गरेको बताए ।
सम्बन्धित













ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था
बजारमा ग्यास अभाव, आयात भने नियमित
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया