काठमाडौं महानगरबाट सीप सिकेका ५० प्रतिशत व्यक्ति रोजगार

काठमाडौं– काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको सीप अन्तर्गत अटोमोबाइल्सतर्फ ५० प्रतिशतले रोजगारी पाएका छन् ।
महानगरले दिएको जानकारी अनुसार अटोमोबाइल्स तालिम लिएका एक सय जना मध्ये ५० प्रतिशत रोजगारीमा तथा स्वरोजगार भएका छन् ।सीप मेला २०८१ मा १ सय जना सहभागीले अटोमोबाइल्स तालिम पूरा गरेका व्यक्तिलाई महानगरपालिकाले सम्पर्क गरेर रोजगार, स्वरोजगारका विषयमा जानकारी लिँदा ५० प्रतिशत रोजगारीमा रहेको जानकारी प्राप्त भएको सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाले जानकारी दिइन् ।
केहीले भने व्यवसायिक क्षमता बढाएर आफ्नै व्यवसायलाई उत्थान गरिरहेको सूचना आएको निरौलाको भनाई थियो ।महानगरले सीप मेलामा अटोमोबाइल्स सिकेका प्रशिक्षार्थीहरूलाई ‘अन द जब ट्रेनिङ’ मा पठाउन व्यक्तित्व विकास कार्यशाला सञ्चालन गरेको छ । जसमा व्यक्तिगत विवरण (सिभी) राइटिङ, अन्तर्वार्ता दिने कला, व्यवसायिक प्रवर्द्धन र प्रतिवद्धता द जब ट्रेनिङ’ मा जानेले पालना गर्नुपर्ने सर्तलगायत विषयमा कक्षा लिइएको थियो ।
गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रम कार्यान्वयन गर्ने क्रममा ‘अन द जब ट्रेनिङ’ कार्यक्रम सञ्चालन भएको महानगरको भनाइ छ ।
महानगरले विश्व श्रमिक दिवस २०८१ (वैशाख १९) को अवसर पारेर टुँडिखेलमा ‘सीप मेला २०८१’ आयोजना गरेको थियो ।
‘स्वरोजगार’, ‘रोजगार’ र ‘अन द जब ट्रेनिङ’ उपलब्ध गराउने लक्ष्य राखिएको मेलामा तालिम लिनका लागि ६८ हजार ८६६ जनाको आवेदन दिएका थिए । १० वटा विधाका ३० वटा पेशासँग सम्बन्धित तालिम कक्षा सञ्चालन भएका थिए । १५ दिन र ३० दिन अवधिका तालिमबाट २ हजार ७१५ जना प्रशिक्षार्थीले तालिम दिएका थिए ।
मेलामा उत्पादन भएको जनशक्तिलाई रोजगारी उपलब्ध गराउने महानगरले ‘रोजगार मेला’ आयोजना गरिएको थियो । दुई दिन चलेको रोजगार मेलामा ७० भन्दा धेरै कम्पनी तथा सङ्घसंस्थाका प्रतिनिधि आएर सीपयुक्त जनशक्तिसँग भेटेर कुरा गरेका थिए ।











तनहुँमा ५९ हजार कुखुराको बिमा
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
आज क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा ‘क्रिसमस डे’ मनाउँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
प्रतिक्रिया