नक्कली प्रहरी आलम परे सक्कली प्रहरीको फन्दामा
मेरोन्यूज
२०८१ फागुन २४ गते १३:२३

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटको घुमुवा हुँ भन्दै किसानसँग पैसा मागिरहेका एक जना नक्कली प्रहरी सक्कली प्रहरीको फन्दामा परेका छन्।
नक्कली प्रहरीको रुपमा पक्राउ पर्नेमा गरुडा नगरपालिका-८ बिर्तागाउँका ४४ वर्षीय सदरे आलम रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायले बताए।
शुक्रबार दिउँसो गौर चन्द्रिगाहपुर सडकखण्ड अन्तर्गत बिर्ता चोकमा आलमले आफू जिल्लाको घुमुवा प्रहरी बताएर किसानले ल्याउँदै गरेको मलखाद रोकेर पैसा मागिरहेका थिए।
उक्त सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबाट गएको टोलीले उनलाई पक्राउ गरेको थियो। आरोपी आलम हाल एलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।
सम्बन्धित
















सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
प्रतिक्रिया