‘आमाको नामबाट नागरिकता प्रदान गर्दा पितृसत्ता समाजको जग हल्लियो’

काठमाडौँ । महिला अधिकारका क्षेत्रमा क्रियाशीलहरूले महिला आन्दोलनबाट स्थापित हकअधिकार र मूल्यमान्यतालाई राज्यले प्रोत्साहन गर्न आवश्यक रहेको बताएका छन् ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) महिला सङ्घद्वारा आज यहाँ ११५औँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका सन्दर्भमा आयोजित ‘वैकल्पिक राजनीति र महिला नेतृत्व’ विषयक कार्यक्रममा उनीहरूले राजनीतिमा संलग्न महिलालाई प्रेरित गर्न सबैले समान अवसर प्रदान गर्नुपर्ने धारणा राखे ।
पार्टीका उपाध्यक्ष मानुषी भट्टराईले वैकल्पिक राजनीति भनेको पश्चगमन नभई राजनीतिलाई विधि, कानुन र व्यवहारबाट सु–संस्कृत तुल्याउनु रहेको उल्लेख गरिन । उनले समान बाबु र आमाको नामबाट नागरिकताको प्रमाणपत्र जारी गर्ने कार्यले पितृसत्ता समाजको जग हलिएको विचार राखिन् ।
जनमत पार्टीकी नेत्री गोमा लाभ सापकोटाले राजनीतिक दलले अवसर र कार्य जिम्मेवारीमा महिलालाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउँदै किसान र महिला अधिकारका मुद्दालाई आफ्नो पार्टीले प्राथमिकतामा राखेर काम गरिरहेको बताइन् ।
विवेकशील साझा पार्टीका नेत्री रञ्जु दर्शनाले राज्यको अर्थतन्त्र बलियो बनाउन र औद्योगिकीकरणको वातावरण बनाउन उद्योगधन्दा खोल्न प्रोत्साहन गर्ने नीति बनाउन आवश्यक रहेकामा जोड दिइन् । उनले भने, “नेपाली समाजमा अनुरोध गर्नेभन्दा आदेश दिनेलाई सम्मान गर्ने चलन भएकाले पनि महिलामाथिको विभेद अन्त्य गर्ने चुनौती छ । संविधान र लोकतन्त्रको रक्षाका लागि साझा बुझाइ र कार्यक्रम तय हुनुपर्छ ।”
अधिकारकर्मी कैलाश राईले महिला आफ्नो अधिकारका लागि भौतिक, मानसिक र सिद्धान्तका हिसाबले तयार रहनुपर्ने आवश्यकता औँल्याउनुभयो । उनले महिला आर्थिक, शैक्षिक, मानसिक र सैद्धातिक रूपमा सक्षम हुनुपर्नेमा जोड दिए ।
अधिकारकर्मी तथा लेखिका इन्दु चौधरीले आफ्ना समुदाय र महिलाका हकअधिकार स्थापना गर्न निरन्तर आन्दोलनको नेतृत्व गरेकाले पश्चिम नेपालमा विभिन्न मञ्चको अवसर प्राप्त भइरहेको घटना सुनाए । उनले समाजमा देखिएका विभेद अन्त्य र लोकतन्त्र स्थापनाको यात्रामा महिलाले गरेको योगदान कतै उल्लेख नभएको जनाए ।
नेपाल समाजवादी महिला सङ्घका अध्यक्ष सुनिता काफ्लेले लोकतन्त्र स्थापनाका लागि बलिदानीपूर्ण सङ्घर्ष गरेका महिलालाई अहिले पनि सडक र संसद्मा ताली पड्काउने कार्यमा मात्र सीमित तुल्याइएको धारणा राखिन् । उनले राजनीतिक दल र राज्यका महत्त्वपूर्ण संयन्त्रमा पुरुषकै मात्र वर्चस्व रहेको बताए ।















सेयर बजारमा २३ अंककाे वृद्धि
काठमाडाैंकाे तापक्रम २५.४ डिग्री पुग्याे, नेपालगञ्जकाे ३२
बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन
बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका: टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
वायु प्रदूषणबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह
प्रतिक्रिया