बिहीबार, फागुन २८, २०८२

रेडमी नोट १५ फाइभ जी नेपालमा,‌ कति पर्छ मूल्य ?

मेरोन्यूज २०८२ फागुन २८ गते १४:५९

विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट १५ फाइभ जी नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो ब्याट्री, उच्च प्रदर्शन र प्रिमियम फिचरसहित प्रयोगकर्ताका लागि एक उत्कृष्ट स्मार्ट फोन भएको कम्पनीले जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

डिजाइन र बनावट नोट १५ फाइभ जी तीन आकर्षक रङ (ब्ल्याक, ग्लेसियर ब्लु र मिस्ट पर्पल कलरमा उपलब्ध छ, जसमा मिस्ट पर्पल कलर प्रयोगकर्तामाझ सबैभन्दा लोकप्रिय बनेको छ । रेडमी सिरिजकै इतिहासमा सबैभन्दा पातलो यो डिभाइसले आकर्षक लुक प्रदान गर्ने कम्पनीको दाबी छ । यसको पातलो, हल्का र आकर्षक डिजाइनले स्टाइल मात्र होइन, प्रयोग गर्न पनि एकदमै सजिलो, सहज र आनन्द आउने कम्पनीले बताएको छ ।

उच्च क्षमता र लामो समय टिक्ने ब्याट्री: रेडमी नोट १५ फाइभ जीमा ५५२० मेगाहर्ज ब्याट्री छ, जसले झण्डै २ दिनसम्म चार्ज टिकाउँछ । स्मार्ट चार्जिङ इन्जिनले ब्याट्रीको आयु लामो बनाउँछ भने ४५वाट टर्बो चार्जिङले छिट्टै फुलचार्ज हुन्छ । यसले एकैपटकमा २१ घण्टासम्म भिडियो प्ले वा १० घण्टासम्म भिडियो रेकर्डिङ गर्न सकिन्छ ।

प्रिमियम डिस्प्ले र उच्च प्रदर्शनः ६.७७–इन्च ओएलईडी डिस्प्ले र ३२०० निट्स ब्राइटनेसका साथ यसले घाममा पनि स्पष्ट दृश्य प्रदान गर्छ । ३८४०एचजेड पीडब्लूएम डिमिङले आँखालाई सहजता दिन्छ । स्मार्टफोन स्न्यापड्रयागन ६जेन ३ प्रोसेसर (फोरएनएम) आर्किटेक्चर) र २४ जीबीसम्म र्‍याम सपोर्टसहित उच्च गति र स्मुद प्रदर्शन सुनिश्चित गर्छ ।

फोटोग्राफी र मनोरञ्जनको नयाँ स्तरः रेडमी नोट १५ फाइभ जीमा १८० मेगापिक्सेल मुख्य क्यामेरा, ८ मेगापिक्सेल अल्ट्रा–वाइड क्यामेरा, र २० मेगापिक्सेल फ्रन्ट क्यामेरा छ । बिल्ट–इन इमेज स्टेबलाइजेसन र एआई सक्षम फिचरले व्यावसायिकस्तरको स्पष्टता र विवरण दिनेछ । डुअल स्पिकर्स र एआई पोट्रेट, डाइनामिक सट्स २.० जस्ता सुविधा प्रयोगकर्तालाई मनोरञ्जन दिन्छ र अझ रोचक बनाउँछ ।

सुरक्षा, मजबुती र दिगोपन : इन–स्क्रिन फिंगरप्रिन्ट र एआई फेस अनलकले पूर्ण सुरक्षा सुनिश्चित गर्छ । रेडमी नोट १५ फाइभ जी मजबुती ड्रप र वाटर–रेसिस्टेन्स प्रमाणित छ, र वेट टच टेक्नोलोजी २.० ले भिजेको स्क्रिनमा पनि चलाउन सहज हुन्छ ।

उपलब्धता र मूल्य : यो स्मार्टफोन १२ जिबी+५१२ जीबीको ४६,९९९ रुपैयाँ र ८ जीबी +२५६ जीबीको ३९,९९९ रुपैयाँमा नेपालभर खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।​​​​ 

प्रतिक्रिया