इजरायल र हमासबीच दोस्रो चरणको युद्धविराम वार्ता शुरु हुने

काठमाडौँ । इजरायल र हमासबीच दोस्रो चरणको युद्धविराम वार्ता चाँडै शुरु हुने अपेक्षा गरिएको छ । इजरायलले युद्धविराम सम्झौताको वार्ता अगाडि बढाउन आफ्नो प्रतिनिधिमण्डल कतार पठाउने बताएपछि वार्ता हुने भएको हो ।
साथै, हमासले इजिप्ट र कतारका मध्यस्थकर्ताहरूसँग युद्धविराम सम्झौतामा वार्ता सुरु गर्ने सम्बन्धमा पनि सकारात्मक संकेत दिएको छ । इजरायल र हमासबीचको युद्धविराम सम्झौताको पहिलो चरण मार्चको सुरुमा समाप्त भएको थियो र अब सम्झौताको दोस्रो चरणको वार्ता हुने भएको छ।
इजरायलको प्रधानमन्त्री कार्यालयले अमेरिकाको मध्यस्थतामा वार्ताको निमन्त्रणा स्वीकार गरेको बताउदै थप विवरण भने दिएको छैन । इजरायल र हमासबीच युद्धविराम सम्झौताको दोस्रो चरणको वार्ता एक महिना अघि सुरु हुने तय भएको थियो ।
अमेरिकाले हमाससँग वार्ता सुरु गर्ने बारेमा पनि जानकारी गराएको छ । गत हप्ता, इजरायलले हमासलाई युद्धविराम सम्झौता बढाउन र बाँकी आधा बन्धकहरूलाई रिहा गर्न दबाब दिएको थियो । तर, सहमति हुन सकेन । हमासले अझै पनि २४ जना बन्धक र ३५ जनाको शव राखेको छ । इजरायलले हमासलाई दबाब दिन गत हप्ता गाजामा हुने सबै आपूर्ति बन्द गरेको थियो ।
इजरायल र हमासबीचको सम्झौताको पहिलो चरणमा २५ जना जीवित बन्धकहरूलाई रिहा गरिएको थियो र आठ जनाको शव हस्तान्तरण गरिएको थियो । बदलामा, इजरायलले लगभग दुई हजार प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेक ओथियो । इजरायलले गाजाको बफर जोनबाट आफ्ना सेना फिर्ता बोलाएको छ, त्यसपछि हजारौं प्यालेस्टिनीहरू गाजा फर्कन थालेका छन् ।











मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
रवि र बालेन सहमति नजिक, भोलि अन्तिम रूप दिने तयारी
छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त परराष्ट्रमन्त्री शर्मा
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया