एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त
मेरोन्यूज
२०८१ फागुन २५ गते १८:२१

काठमाडौं। एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द घिमिरे नियुक्त भएका छन् ।
शुक्रबार बसेको बैंक सञ्चालक समिति बैठकले घिमिरेलाई आगामी ४ वर्षको लागि बैंकको सिईओमा नियुक्त गरेको हो ।
बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ)मा कार्यरत घिमिरेलाई बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने भएको हो । हालका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको कार्यकाल यही फागुन मसान्तमा सकिँदैछ ।
घिमिरेले त्रिभुवन विश्वविद्यालयबाट एमबीएस र कानुनमा स्नातक गरेका छन् ।
एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र १० एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
सम्बन्धित















Campaign on conservation of leasehold forest in Chitwan
वीरगञ्जका विभिन्न क्यासिनोबाट ६ जना पक्राउ
युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव
थलापति विजय तमिलनाडुको मुख्यमन्त्री
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
कबुलियत गराएर वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया फेरि सञ्चालनमा
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु
प्रतिक्रिया