पोखरामा क्रिप्टो कारोबार र अनलाइन जुवामा संलग्न पाँच जना पक्राउ

काठमाडौं । नेपालमा प्रतिबन्धित क्रिप्टो करेन्सी (अभौतिक मुद्रा) तथा अनलाइन जुवाको कारोबार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
कास्की प्रहरीले फागुन २३ गते पोखरा महानगरपालिका-१४ स्थित अनुपम टोलबाट पाँच जनालाई पक्राउ गरेको हो।
कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाका अनुसार पक्राउ पर्नेमा म्याग्दीका ३३ वर्षीय विक्रम बानियाँ, १९ वर्षीय रोजन केसी, २२ वर्षीय सज्जन घिमिरे, २८ वर्षीय सन्दीप कटुवाल र पर्वत जिल्ला घर भएका रुपेन्द्र जिसी छन्।
उनीहरूलाई प्रदेश प्रहरी कार्यालय पोखरा र कास्की प्रहरीको टोलीले पक्राउ गरेको हो।
जिसीको साढे तीन तलाको घरबाट क्रिप्टो करेन्सी तथा अनलाइन जुवा खेलाएको अवस्थामा पक्राउ गरिएको ओलियाले बताए।
उनीहरूको साथबाट प्रहरीले ३१ थान मोबाइल, कम्प्युटर २ थान, ल्यापटप ४ थानलगायत बरामद गरिएको छ।
पक्राउ परेकाले ह्वाट्सएप, टेलिग्राम, क्यास एपलगायतबाट अनलाइन जुवा खेलाएर १५ करोड र क्रिप्टो करेन्सीतर्फ १५ करोडको कारोबार गरेको पाइएको ओलियाले बताए। अनलाइन जुवामा भएको कारोबार उनीहरूले क्रिप्टो करेन्सीमार्फत् विदेश पुर्याउने गरेको ओलियाले बताए।
‘दैनिक तीन सिफ्टमा कम्तीमा एक सिफ्टको ३ हजार अमेरिकी डलरको दरले अनलाइन जुवा खेलाएको पाइएको छ,’ ओलियाले भने, ‘उक्त अनलाइन जुवाको रकम क्रिप्टो करेन्सीद्वारा गरेको पाइएको छ।’
पक्राउ परेकालाई जिल्ला अदालतबाट सात दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ।
















बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आज वैशाख २१ गते सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया