भारतको पञ्जाबमा भवन भत्किँदा एक जनाको मृत्यु, ६ घाइते
मेरोन्यूज
२०८१ फागुन २५ गते १९:५८

उत्तरी भारतीय राज्य पञ्जाबमा एक कारखानाको भवन भत्किँदा एक कामदारको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएको प्रहरीले आइतबार जनाएको छ ।
दुई जना मजदुर भग्नावशेषमा फसेको आशङ्का गरिएको छ । पञ्जाबको सहर अमृतसरबाट करिब १५४ किलोमिटर दक्षिण पूर्व लुधियाना जिल्लामा साँझ एउटा कपडा कारखानाको भवन भत्किएको छ ।
कारखानाको भवन भत्किएको समयमा त्यहाँ २९ जना कामदार रहेको प्रत्यक्षदर्शीले प्रहरीलाई बताए । “कारखानामा मर्मत कार्य चलिरहेको थियो, जब अचानक एउटा स्तम्भ भत्कियो, जसको कारण पूरै भवन भत्कियो,” एक प्रहरी अधिकारीले बताउनुभयो ।
“भवन भत्किँदा विस्फोटको आवाज पनि सुनिएको थियो । उद्धार कार्य जारी छ ।”
प्रशासनले भवन भत्कनुको कारणबारे छानबिन गरी विस्तृत प्रतिवेदन पेश गर्न स्थानीय निकायलाई निर्देशन दिएको छ ।
सम्बन्धित











क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन
काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया