भारतको पञ्जाबमा भवन भत्किँदा एक जनाको मृत्यु, ६ घाइते
मेरोन्यूज
२०८१ फागुन २५ गते १९:५८

उत्तरी भारतीय राज्य पञ्जाबमा एक कारखानाको भवन भत्किँदा एक कामदारको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएको प्रहरीले आइतबार जनाएको छ ।
दुई जना मजदुर भग्नावशेषमा फसेको आशङ्का गरिएको छ । पञ्जाबको सहर अमृतसरबाट करिब १५४ किलोमिटर दक्षिण पूर्व लुधियाना जिल्लामा साँझ एउटा कपडा कारखानाको भवन भत्किएको छ ।
कारखानाको भवन भत्किएको समयमा त्यहाँ २९ जना कामदार रहेको प्रत्यक्षदर्शीले प्रहरीलाई बताए । “कारखानामा मर्मत कार्य चलिरहेको थियो, जब अचानक एउटा स्तम्भ भत्कियो, जसको कारण पूरै भवन भत्कियो,” एक प्रहरी अधिकारीले बताउनुभयो ।
“भवन भत्किँदा विस्फोटको आवाज पनि सुनिएको थियो । उद्धार कार्य जारी छ ।”
प्रशासनले भवन भत्कनुको कारणबारे छानबिन गरी विस्तृत प्रतिवेदन पेश गर्न स्थानीय निकायलाई निर्देशन दिएको छ ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया