‘पर्यटन पूर्वाधार विकासमा सार्थक प्रयास भइरहेको छ’

धरान । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन पूर्वाधार विकासमा सार्थक प्रयास भइरहेको बताएका छन् ।
आज सुनसरीको इटहरी धरानरोडस्थित आँपगाछीमा सुरु भएको तीनदिने ‘इस्टर्न ट्राभल मार्ट’को उद्घाटन गर्दै उनले आर्थिक समृद्धिको पहिलो आधार पर्यटन क्षेत्र भएकाले यसमा सरकारले ध्यान दिइरहेको बताए । मुलुकको आर्थिक समृद्धि र विकासलाई उच्च प्राथमिकतामा राखेर कोशी प्रदेशको समग्र विकासका लागि योजनाबद्ध रूपमा सरकार अगाडि बढिरहेको पनि उनले बताए ।
प्रदेशमा रहेको आकर्षक पर्यटकीय गन्तव्यमा पर्यटक आगमन बढाउन स्थानीय तहसँग मिलेर काम गर्न प्रदेश सरकार तयार रहेको उल्लेख गरे ।
नेपाल पर्यटन बोर्डको आयोजना तथा कोशी प्रदेश सरकार र इटहरी उपमहानगरपालिकाको आर्थिक सहयोगमा आजदेखि सुरु भएको मार्ट यही २७ गतेसम्म सञ्चालन हुनेछ ।
मार्टको उद्घाटन समारोहमा भारतको विहार, पश्चिम बङ्गाल, सिक्किम प्रान्त, भूटान र बङ्गलादेशलगायत मुलुकका विदेशी पर्यटकहरूको उपस्थिति रहेको छभने कार्यक्रम अवधिमा प्रदेशमा रहेका विभिन्न पर्यटकीयस्थलको भ्रमण गराइने मार्टका सचिव वासुदेव बरालले जानकारी दिए ।














झापामा सवारी दुर्घटना हुँदा बालकको मृत्यु, १२ जना घाइते
गगन पक्षीय कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्दै
सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते
Gagan Thapa elected Nepali Congress Chairman
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
प्रतिक्रिया