महिला न्यायाधीश सम्मेलन सोमबार
मेरोन्यूज
२०८१ फागुन २५ गते २१:१७

काठमाडौँ। अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा सोमबार यहाँ ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ हुने भएको छ। सम्मेलनको प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले उद्घाटन गर्ने कार्यक्रम छ।
सम्मेलनमा पूर्वप्रधानन्यायाधीश तथा न्यायाधीशहरू, सर्वोच्च, उच्च र जिल्ला अदालतका बहालवाला महिला न्यायाधीशहरू गरी ६० जनाको सहभागिता रहनेछ।
सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लका अनुसार सम्मेलनमा महिला न्यायाधीशका अनुभव तथा कार्यगत चुनौती तथा व्यवस्थापन र व्यावसायिक क्षमता अभिवृद्धिका सम्बन्धमा विचार आदानप्रदान गरिनेछ।
यसअघि गत चैत ९ गते महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलन भएको थियो।
सम्बन्धित














पर्यटकीय गन्तव्य बन्दै रसुवा, ६ महिनामा ३२ हजार बढीले गरे भ्रमण
ठगी अभियोगमा पाँच जना पक्राउ
राष्ट्रपति पौडेल बागलुङमा
झापामा सवारी दुर्घटना हुँदा बालकको मृत्यु, १२ जना घाइते
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
नेपाल प्रहरीका १६ जना डीएसपी एसपीमा बढुवा सिफारिस
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
प्रतिक्रिया