बिहीबार, फागुन २८, २०८२

महिला न्यायाधीश सम्मेलन सोमबार

मेरोन्यूज २०८१ फागुन २५ गते २१:१७

काठमाडौँ। अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा सोमबार यहाँ ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ हुने भएको छ। सम्मेलनको प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले उद्घाटन गर्ने कार्यक्रम छ।

Advertisement
nepal life insurencenepal life insurence

सम्मेलनमा पूर्वप्रधानन्यायाधीश तथा न्यायाधीशहरू, सर्वोच्च, उच्च र जिल्ला अदालतका बहालवाला महिला न्यायाधीशहरू गरी ६० जनाको सहभागिता रहनेछ।

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लका अनुसार सम्मेलनमा महिला न्यायाधीशका अनुभव तथा कार्यगत चुनौती तथा व्यवस्थापन र व्यावसायिक क्षमता अभिवृद्धिका सम्बन्धमा विचार आदानप्रदान गरिनेछ।

यसअघि गत चैत ९ गते महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलन भएको थियो।

प्रतिक्रिया