माओवादीको निष्कर्ष: राजा पुनस्थापित हुने कुनै सम्भावना छैन

काठमाडौँ । नेकाप माओवादी केन्द्रीय पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतापछि उत्पन्न परिस्थितिको समीक्षा गरेको छ ।
सोमबार बसेको बैठकले राजावादी सक्रिय हुनुको पछाडी सरकारको मुख्य कमजोरी भएको निष्कर्ष निकालेको छ ।
प्रवक्ता अग्नि सापकोटाले संविधान रक्षा, गणतन्त्रको सबलीकरणका लागि अग्रगामी शक्ति एक हुनुपर्ने बताए । माओवादीले गणतन्त्र र सरकारलाई खबरदारी गर्न छिट्टै समाजवादी मोर्चाको बैठक गरी प्रदर्शन तालिका बनाउन सुझाव दिएको उनले जानकारी दिएका छन् ।
उनले भने- प्रतिगमनको कुनै सम्भावना छैन । राजा पुनस्थापित हुने कुनै सम्भावना छैन । प्रतिगामीहरु सल्बलाइरहेका छन् । यसले नेपाली जनतालाई केहि फरक पार्दैन । पहिले देखि चाहना राख्नेहरुले केहि आशा राखेको त देखीय तर नेपाली जनता लोकतन्त्रको पक्षमा छन् । लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र हुन्छ भने बारेमा हामी एक मत छौं । सरकारको कुशासन, अहिले हेर्यौं भने हरेक क्षेत्रमा असफल देखिएको छ ।’
त्यस्तै, आजको बैठकले स्थगित हुलाकी राजमार्ग केन्द्रित अभियानको समीक्षा गर्दै यसले उत्साह थपेको निष्कर्ष निकालेको सापकोटाले जानकारी दिए ।














भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
उम्मेदवारको प्रस्तावित सूचीबाट आफ्नो नाम हटाउन कांग्रेस नेता खड्काकोआग्रह
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया