माओवादीको निष्कर्ष: राजा पुनस्थापित हुने कुनै सम्भावना छैन

काठमाडौँ । नेकाप माओवादी केन्द्रीय पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतापछि उत्पन्न परिस्थितिको समीक्षा गरेको छ ।
सोमबार बसेको बैठकले राजावादी सक्रिय हुनुको पछाडी सरकारको मुख्य कमजोरी भएको निष्कर्ष निकालेको छ ।
प्रवक्ता अग्नि सापकोटाले संविधान रक्षा, गणतन्त्रको सबलीकरणका लागि अग्रगामी शक्ति एक हुनुपर्ने बताए । माओवादीले गणतन्त्र र सरकारलाई खबरदारी गर्न छिट्टै समाजवादी मोर्चाको बैठक गरी प्रदर्शन तालिका बनाउन सुझाव दिएको उनले जानकारी दिएका छन् ।
उनले भने- प्रतिगमनको कुनै सम्भावना छैन । राजा पुनस्थापित हुने कुनै सम्भावना छैन । प्रतिगामीहरु सल्बलाइरहेका छन् । यसले नेपाली जनतालाई केहि फरक पार्दैन । पहिले देखि चाहना राख्नेहरुले केहि आशा राखेको त देखीय तर नेपाली जनता लोकतन्त्रको पक्षमा छन् । लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र हुन्छ भने बारेमा हामी एक मत छौं । सरकारको कुशासन, अहिले हेर्यौं भने हरेक क्षेत्रमा असफल देखिएको छ ।’
त्यस्तै, आजको बैठकले स्थगित हुलाकी राजमार्ग केन्द्रित अभियानको समीक्षा गर्दै यसले उत्साह थपेको निष्कर्ष निकालेको सापकोटाले जानकारी दिए ।














यस्तो छ आज तरकारिकाे मूल्य
राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि
भाषा आयोगका सदस्य सुरेश मानन्धरको निधन
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया