परराष्ट्रमन्त्री डा राणा भारत प्रस्थान
मेरोन्यूज
२०८१ फागुन २६ गते १४:४६

काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा बाबा वैद्यनाथ धामको धार्मिक भ्रमणका लागि सोमबार भारततर्फ प्रस्थान गरेकी छन्।
भारतर्फ प्रस्थान गरेकी आरजुलाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए।
मन्त्री राणा भारतको विदेश मन्त्रालयले मार्च १७ देखि नयाँ दिल्लीमा आयोजना गरेको राइसिना डायलगमा पनि सहभागी हुनेछिन्। उनले उक्त कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ। उक्त अवसरमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको सगरमाथा संवादका लागि सहभागी हुन निमन्त्रणा पनि दिने बुझिएको छ।
रायसिना डायलगमा मन्त्री डा। राणासहित विश्वका विभिन्न देशका प्रधानमन्त्री तथा विदेशमन्त्रीहरू पनि सहभागी हुने परराष्ट्रले जानकारी दिएको छ।
सम्बन्धित









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया