ट्रुडोको उत्तराधिकारीका रूपमा कार्नी निर्वाचित

ओटावा। क्यानडाको लिबरल पार्टीले आइतबार मार्क कार्नीलाई दलको नेतामा निर्वाचित गरेको छ । सत्ताधारी दलको नेता निर्वाचित भएसँगै उनी प्रधानमन्त्री ट्रुडोको उत्तराधिकारीका रूपमा सरकारको पनि नेतृत्व गर्नेछन् ।
केन्द्रीय बैङ्कका पूर्वगभर्नर कार्नीले अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वले क्यानडामाथि ‘अँध्यारा दिन’ को सुरूवात गरेको बताएका थिए ।
कार्नीले ‘क्यानाडेली कामदार, परिवार र व्यवसायहरूमाथि आक्रमण’ गरेको आरोप लगाउँदै तत्काल अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध कडा अडान लिएका हुन् ।
‘हामी उहाँलाई क्यानडाका विषयमा सफल हुन दिन सक्दैनौं’, लिबरल पार्टीका निवर्तमान नेता प्रधानमन्त्री जस्टिन ट्रुडोको स्थानमा आगामी दिनमा पदभार ग्रहण गर्ने ५९ वर्षीय कार्नीले भने, ‘कार्नीले लामो समयसम्म काम नपाएको हुन सक्छ । अब उसको काम सुरू हुनेछ ।’
क्यानडामा अक्टोबरसम्ममा चुनाव गरिसक्नुपर्ने छ तर केही साताभित्रै मध्यावधि निर्वाचन हुन सक्छ । हालको जनमत सर्वेक्षणले विपक्षी कन्जरभेटिभ्सलाई थोरै मनपर्ने व्यक्तिका रुपमा प्रस्तुत गरेको छ ।
ओटावामा पार्टी समर्थकहरूको विशाल भीडलाई सम्बोधन गर्दै कार्नीले ट्रम्पको नेतृत्वमा रहेको अमेरिकाले क्यानडालाई नियन्त्रण गर्न खोजिरहेको चेतावनी दिए । ‘अमेरिकीहरू हाम्रो स्रोत, हाम्रो पानी, हाम्रो भूमि र हाम्रो देश चाहन्छन्,’ उनले भने, ‘यो हामीले विश्वास गर्न नसक्ने तर देशले सामना गरिरहेको अँध्यारो दिन हो ।’
यसअघि बैङ्क अफ क्यानडा र बैङ्क अफ इंग्ल्याण्ड दुवैको नेतृत्व गरेका कार्नीले आफ्ना मुख्य प्रतिद्वन्द्वी ट्रुडोका पूर्व उपप्रधानमन्त्री क्रिस्टिया फ्रिल्यान्डलाई पराजित गरेका हुन् ।
करिब एक लाख ५२ हजार मत खसेकोमा कार्नीले ८५.९ प्रतिशत मत प्राप्त गरेका थिए । फ्रिल्याण्डलाई केवल आठ प्रतिशत मात्र भोट परेको छ । कार्नीले ट्रम्पको विरुद्धमा उभिने वाचाका साथ चुनाव प्रचार गरेका थिए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडालाई गाभ्ने र क्यानडाको अर्थतन्त्रको प्राणको रूपमा रहेको द्विपक्षीय व्यापारलाई अस्तव्यस्त बनाउने कर वृद्धिका विषयमा बारम्बार सार्वजनिक धारणा राख्दै आएका छन् ।











कार्यकर्तालाई कार्यवाहक सभापति खड्काकाे आह्वान : चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नू
4 killed, 23 injured as bus plunges into ravine in Philippines
सुरुङमार्गमा काम गर्ने क्रममा माथिबाट ढुंगा खस्दा मजदुरको मृत्यु
Newly-appointed Foreign Affairs Minister Sharma takes oath of office
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
प्रतिक्रिया