अमेरिका पठाइदिन्छु भन्दै ५३ लाख ठग्ने ताप्लेजुङका दुई जना काठमाडौंमा पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको लागि अमेरिका लैजाने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ताप्लेजुङ सिरिजंघा गाउँपालिका-१ का ४० वर्षीय ललितबहादुर इवारम र सोही ठाउँका ३३ वर्षीय दिपेश सुब्बा लिम्बू रहेका छन्।
काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ मा बस्दै आएका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो।
उनीहरूलाई बसेकै स्थानबाट प्रहरी टोलीले पक्राउ गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।
उनका अनुसार उनीहरूले दुई जनालाई अमेरिका लैजाने आश्वासन दिएर ५३ लाख रुपैयाँ लिएका थिए।
तर, लामो समयसम्म झुक्यानमा राखेर सम्पर्कविहीन भएपछि पीडित प्रहरीमा गएका थिए। पक्राउ परेका दुबैलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ।
यस्तै, प्रहरीले विभिन्न देश लैजाने बहानामा पीडितबाट रकम ठगी गरेको आरोपमा अन्य चार जनालाई पक्राउ गरेको छ।
गोरखा आरूघाट गाउँपालिका-४ की २४ वर्षीया सरु परियार, कञ्चनपुर बेलौरी नगरपालिका-३ का ३२ वर्षीय जेम्स राना, कीर्तिपुर नगरपालिका-६ काठमाडौंकी ३४ वर्षीया रेखा तुलाधर र धादिङ निलकण्ठ नगरपालिका-९ का २७ वर्षीय रवि खनाललाई पक्राउ गरिएको कार्यालयले जनाएको छ।
परियारले अष्ट्रेलिया पठाइदिने भन्दै एक जनाबाट दुई लाख ५० हजार, क्रोएसिया पठाइदिने बहानामा रानाले एक जनाबाट तीन लाख, जापान पठाइदिने भनी तुलाधरले चार जनाबाट १३ लाख दुई हजार र खनालले अमेरिका पठाइदिन्छु भन्दै एक जनाबाट १४ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

















Seven killed in India medical plane crash
Slight increase in gold price
मानव अधिकार संरक्षणका निम्ति नेपाल प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
सम्बोधनअघिको दबाबमा ट्रम्प
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
प्रतिक्रिया