फागुन २८ गते अटोमोटिभ कनक्लेभ २०८१ आयोजना हुँदै

काठमाडौं । मेरोअटो अटोमोटिभ कनक्लेभ २०८१ आयोजना हुने भएको छ । अटोमोटिभ्स प्रालिले फागुन २८ गते (बुधबार) उक्त कनक्लेभ आयोजना गर्ने भएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बिहान ९ बजे कनक्लेभको उद्घाटन गर्ने छन् ।
नेपालको समग्र अटोमोबाइल क्षेत्रका विद्यमान समस्या, तिनको समाधानका उपाय, स्वदेशमै सवारी उत्पादनको सम्भावना र चुनौती लगायत विषयमा बृहत् छलफल गर्ने उद्देश्यले कनक्लेभ आयोजना गरिएको हो ।
अटोमोटिभ कनक्लेभ तीन सत्रमा सञ्चालन हुनेछ । पहिलो सत्र (११ बजेदेखि १२ः३० बजेसम्म)मा ‘निजी सवारी : आजको आवश्यकता’ विषयमा बहस हुनेछ ।
मेरोअटोका सम्पादक सागर गजुरेलले सहजीकरण गर्ने यो सत्रमा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ, अन्तर्राष्ट्रिय व्यापार विशेषज्ञ रवि शंकर सैंजु र काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. विराज सिंह थापा वक्ताको रूपमा रहेका छन् ।
त्यस्तै, दिउँसो १ बजे सुरू हुने दोस्रो सत्रमा ‘सार्वजनिक सवारी : समस्या र समाधान’ विषयमा बहस हुनेछ । यस सत्रका वक्ताहरूमा बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री प्रमेभक्त मर्हजन, सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डोलनाथ खनाल, नाडाका निवर्तमान अध्यक्ष ध्रुव थापा, भौतिक पूर्वाधर तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्त र सीजी मोटर्सका सीईओ हेमन्त अग्रवाल छन् । यो सत्रमा मोडेरेटरको भूमिकामा आशिष गजुरेल रहेका छन् ।
‘सवारी उत्पादनको नयाँ गन्तव्य’ विषयक अन्तिम सत्र दिउँसो ३ः३० बजे सुरू हुनेछ । यो सत्रमा नेकपा एमालेका सांसद योगेश भट्टराई, नेपाली काँग्रेसका सांसद उदय शमशेर राणा, एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री र उद्योग वाणिज्य महासंघका गोल्छा ग्रुपका प्रबन्ध निर्देशक शेखर गोल्छाले आफ्ना धारणा राख्ने छन् । यस सत्रको सहजीकरण रुपेश श्रेष्ठले गर्नेछन् ।
अटोमोटिभ कनक्लेभ मेरोअटोको आधिकारिक फेसबुक पेज र युट्युबबाट प्रत्यक्ष प्रसारण हुनेछ । यस कनक्लेभको प्रमुख साझेदारी सिटिजन्स बैंक इन्टरनेशनल रहेको छ ।















Campaign on conservation of leasehold forest in Chitwan
वीरगञ्जका विभिन्न क्यासिनोबाट ६ जना पक्राउ
युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव
थलापति विजय तमिलनाडुको मुख्यमन्त्री
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
कबुलियत गराएर वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया फेरि सञ्चालनमा
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु
प्रतिक्रिया