सीईडीबी हाइड्रोपावरको आईपीओ आजदेखि

काठमाडौँ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको प्राथमिक सेयर ९आईपीओ० सर्वसाधारणका लागि आजदेखि आवेदन खुला भएको छ । शुक्रबारदेखि खुला भएको सेयर आगामी वैशाख २१ गतेसम्म खुला रहनेछ ।
प्रतिकित्ता एक सय अङ्कित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयरका लागि आवेदन खुला भएको हो । आईपीओको कम्पनीले २ प्रतिशत अर्थात् ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५ प्रतिशतले हुने एक लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सकिने जनाइएको छ ।
यस कम्पनीको लगानी रहेको लमजुङमा ४.४० मेगावटको राधी विद्युत् कम्पनी र ०.१८ मेगावटको स्यागे खोला जलविद्युत् आयोजना गरी दुईवटा हाइड्रोपावर परियोजना सञ्चालनमा छन् । कम्पनीको लगानी रहेको राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेड, दोर्दी खोला जलविद्युत् लिमिटेड तथा खारे खोला जलविद्युत् कम्पनी लिमिटेड गरी तीनवटा आयोजना निर्माण भइरहेका छन् ।
कम्पनीको लगानी रहेको सङ्खुवासभा मकालु गाउँपालिका–२ मा ४५ मेगावटको कसुवा खोला जलविद्युत् आयोजना पनि निर्माण गर्ने क्रममा छ । पछिल्लो समय आवेदकहरुको सङ्ख्या उच्च हुँदै गएका कारण गोलाप्रथाबाट १० कित्ता पनि धेरै कमले मात्रै पाउँछन् । त्यसैले १० कित्ताका लागि आवेदन दिए पनि पर्याप्त हुने देखिन्छ । रासस
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
प्रतिक्रिया