शाओमी १५ अल्ट्रा नेपालमा सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडाैं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले शाओमी १५ अल्ट्रा नेपालमा भव्य रूपमा सार्वजनिक गरेको छ । यसको लन्च समारोह शनिबार भक्तपुरको सल्लाघारी ग्राउन्डमा आयोजना गरिएको ‘शाओमी प्रेजेन्ट सुशान्त केसी लाइभ इन नेपाल’ कन्सर्टमा सम्पन्न भएको थियो ।
शाओमी १५ अल्ट्राको लन्च १५,००० भन्दा बढी दर्शकहरूको माझ मनाइएयो थियो । चर्चित गायक सुशान्त केसीको प्रत्यक्ष प्रस्तुतिले माहोललाई रोमाञ्चक बनाएको थियो भने याना शर्माद्वारा गरिएको शाओमी १५ अल्ट्राको अनावरणले कार्यक्रमलाई झनै विशेष बनाएको थियो । सञ्जय गुप्ताको होस्टमा सञ्चालन भएको उक्त कार्यक्रमका मुख्य क्षणहरु लाईका क्यामेरा प्रविधि सहितको शाओमी १५ अल्ट्राबाट खिचिएको थियो ।
शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वी यसबारे बोल्दै भने, “हामी शाओमी १५ अल्ट्रा नेपालमा प्रस्तुत गर्न पाउँदा अत्यन्तै उत्साहित छौं । यो फ्ल्यागशिप स्मार्टफोनले फोटोग्राफीको परिभाषा बदल्नेछ र प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्नेछ । शाओमी हाइपरओएस र लाईका अप्टिक्सको पावरले शाओमी १५ अल्ट्राले मोबाइल इमेजिङ र प्रदर्शनको नयाँ मापदण्ड स्थापना गर्नेछ ।”
लाईका टेक्नोलोजीको साथमा अप्टिकल डिजाइन
शाओमी १५ अल्ट्रा लाईका सुमिलक्स अप्टिकल लेन्सको साथमा डिजाइन गरिएको छ । यसमा समावेश रहेको लाईका १–इन्च मुख्य सेन्सर र २०० मेगापिक्सेलको टेलिफोटो लेन्सले उत्कृष्ट फोटोग्राफी अनुभव प्रदान गर्दछ जसले हरेक क्षणलाई स्पष्ट र जीवन्त बनाउँछ ।
अतुलनीय प्रदर्शन र नवीनता
स्न्यापड्रागन ८ एलिट मोबाइल प्लेटफर्म र ३ एनएम प्रासेस टेक्नोलोजी रहेको यस स्मार्टफोनले प्रदर्शन र ऊर्जा दक्षता बढाउँछ । शाओमी हाइपरओएसले एआई–सम्पन्न इकोसिस्टम निर्माण गर्दै प्रयोगकर्ताको अनुभवलाई अझ उत्कृष्ट बनाउँछ ।
उत्कृष्ट डिस्प्ले र मजबुत सुरक्षा
शाओमी १५ अल्ट्रामा शाओमी शिल्ड ग्लास २.० प्रयोग गरिएको छ जसले यस स्मार्टफोनको स्थायित्व र ड्रप–रेजिस्ट्यान्स प्रदान गर्छ । ६.७३–इन्च डब्ल्यूक्यूएचडी+एमोलेड प्यानल, ३२०० निट्स पीक ब्राइटनेस र १–१२० हट्र्ज अडाप्टिभ रिफ्रेस रेटले प्रयोगकर्तालाई इमर्सिभ भिउइङ प्रदान गर्छ ।
लाइट, स्पिड र डिस्ट्यान्सलाई नियन्त्रणमा राख्ने प्रविधि
लाईकाको सुमिलक्स लेन्सको माध्यमबाट उत्कृष्ट नाइट सट्स क्याप्चर गर्न सकिन्छ भने लाईका २०० मेगापिक्सेल अल्ट्रा टेलिफोटो लेन्सले टाढाका तस्बिरहरू पनि उत्कृष्ट रूपमा खिच्न सकिन्छ । यस डिभाइसले ८ के भिडियो रेकर्डिङ, लाईका फोटोग्राफिक स्टाइलहरू र शाओमी प्रोफोकस पनि सपोर्ट गर्छ जसले यो स्मार्टफोन प्रोफेसनल–ग्रेड मोबाइल फोटोग्राफी र भिडियो मेकिंगको लागि उत्तम विकल्प बन्दछ ।
परिष्कृत डिजाइन, उच्च स्थायित्व
शाओमी १५ अल्ट्राले शाओमी गार्डियन स्ट्रक्चर समावेश गर्दै परिष्कृत डिजाइन र मजबुत स्थायित्वलाई प्राथमिकता दिएको छ । ६ एम ४२ एल्युमिनियम फ्रेम, कर्निङ गोरिल्ला ग्लास ७ आई क्यामेरा डेको र टिकाउ ब्याक प्यानलले यस स्मार्टफोनलाई खस्दा वा घिस्रदा सुरक्षा प्रदान गर्दछ । र्यापअराउन्ड क्वाड–कर्भ फ्रेम र इन्टिग्रेटेड थ्रि डी क्यामेरा डेकोले यसको सौन्दर्यतालाई अझ आकर्षक बनाउँछ ।
सुरक्षा र एआई–प्रविधिको नयाँ स्तर
शाओमी हाइपरएआईले एआई राइटिङ, एआई स्पीच रिकग्निसन, एआई इन्टरप्रेटर र एआई क्रिएटिभिटी असिस्टेन्ट जस्ता सुविधाहरू प्रदान गर्छ । यसका साथै गुगल सर्कल टु सर्च र गुगल जेमिनी एआईलाई इन्टिगे्रट गर्दै प्रयोगकर्ताहरूलाई नयाँ सर्च क्यापाबिलिटीहरु प्रदान गर्दछ । अल्ट्रासोनिक इन–स्क्रिन फिङ्गरप्रिन्ट र एआई फेस अनलक जस्ता सुविधाले डिभाइसको सुरक्षालाई थप मजबुत बनाउँछ ।
शक्तिशाली ब्याट्री र हाइपरचार्ज प्रविधि
शाओमी १५ अल्ट्रामा ५४१० एमएएच शाओमी सर्ज ब्याट्री प्रयोग गरिएको छ जसलाई ९० वाट हाइपरचार्ज र ८० वाट वायरलेस हाइपरचार्जले चार्ज गर्न सकिन्छ जसले गर्दा यस स्मार्टफोनलाई छिटो चार्ज गर्न सकिन्छ ।
प्रि–बुकिङ अफर तथा मूल्य
शाओमी नेपालले फागुन २५ देखि चैत २ सम्म शाओमी १५ अल्ट्राको प्रि–बुकिङ खुला गरेको छ । उक्त प्रि–बुकिङमा ग्राहकहरुले रु. ९,९९९ मूल्य बराबरको शाओमी ५० वाट वायरलेस चार्जिङ स्ट्यान्ड निःशुल्क प्रदान गरिनेछ ।
शाओमी १५ अल्ट्रा स्मार्टफोन फोटोग्राफी र प्रदर्शनमा नयाँ स्तर स्थापना गर्ने उद्देश्यका साथ निर्माण गरिएको छ । ग्राहक अनुभवलाई अझ उत्कृष्ट बनाउन थप ६ महिनाको वारेन्टी, पहिलो ६ महिनासम्म एकपटकको निःशुल्क स्क्रिन रिप्लेसमेन्ट र २४ महिनासम्म निःशुल्क लेबर चार्ज प्रदान गरिनेछ ।
१६ जिबी + ५१२ जिबी भेरियन्टमा उपलब्ध शाओमी १५ अल्ट्रा को सुरुवाती अफर मूल्य रु. १,४९,९९९ (वास्तविक मूल्य रु. १,६९,९९९) रहेको छ । यो स्मार्टफोन नेपालभरका सबै आधिकारिक एमआई स्टोरहरू र शाओमीका आधिकारिक रिटेल आउटलेटहरूमा उपलब्ध हुनेछ ।















Campaign on conservation of leasehold forest in Chitwan
वीरगञ्जका विभिन्न क्यासिनोबाट ६ जना पक्राउ
युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव
थलापति विजय तमिलनाडुको मुख्यमन्त्री
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
कबुलियत गराएर वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया फेरि सञ्चालनमा
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु
प्रतिक्रिया