अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

काठमाडौँ । आगामी चैत १ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘राजागंज’ अन्ततः सेन्सर पास भएको छ । सोमबार सेन्सर बोर्डले केही दृश्य र शब्दमा आपत्ति जनाउँदै प्रदर्शन अनुमति नदिएपछि बुधबार दिउँसो निर्माता पुनः सेन्सरका लागि पुगेका थिए । बोर्डले राखेका सबै सर्तहरु मान्न तयार भएपछि फिल्मले सबै उमेरका दर्शकले हेर्न मिल्ने गरी ‘युनिभर्सल सर्टिफिकेट’ प्राप्त गरेको छ ।
बोर्डले २०७२ सालमा एमालेको अध्यक्षको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान सभाबाट बाहिरिने दलहरूलाई ‘झरेका आँप’को संज्ञा दिएको दृश्य फिल्ममा समेटेकोमा आपत्ति जनाउँदै सच्चाएर ल्याउन वा प्रधानमन्त्री कार्यालयबाट अनुमतिसहितको पत्र लिएर आउन निर्देशन दिएको थियो । अन्य केही शब्दमा पनि बोर्डले आपत्ति जनाएको थियो । अब फिल्ममा प्रधानमन्त्रीको भाषण हटाइने र अन्य केही शब्दमा म्युट गरिने भएको छ ।
सेन्सर पास नभएसम्म देशभित्र फिल्म प्रदर्शन गर्न नपाइने व्यवस्था छ । तर, ‘राजागंज’को सेन्सर नहुँदै विर्तामोड, इटहरी, चितवन जस्ता सहरमा प्रिमियर गरिएको थियो । अब सेन्सर पास भइसकेकाले फिल्म तोकिएको समयमै प्रदर्शन हुने भएको छ ।
दीपक रौनियार निर्देशित फिल्ममा आशा मगराती, दयाहाङ राई, ऋचा शर्मा, पशुपति राई, विजय बराल, गौमाया गुरुङ, निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठ लगायतको अभिनय रहेको छ । फिल्मले अपहरणमा परेका सभासद् र विद्यालयकी प्रधानध्यापकका छोरालाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनको कथा भन्छ ।












विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह
Baglung adds 5,253 new voters for this poll
सेयर बजारमा सामान्य अंकको सुधार
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ:असिम शाह
प्रतिक्रिया