शान्ति वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल रुस प्रस्थान
मेरोन्यूज
२०८१ फागुन २९ गते ९:३४

वाशिंटन ।रुस र युक्रेन बीचको युद्ध अन्त्यका लागि वार्ता गर्नका लागि अमेरिकी प्रतिनिधि मण्डल रुस प्रस्थान गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार साउदी अरेबियामा युक्रेन र अमेरिका बीचको वार्तामा ३० दिनको युद्ध विरामका लागि सहमति भएपछि यसमा रुसी सहमति जुटाउन अमेरिकी प्रतिनिधि मण्डल त्यसतर्फ गएको हो।यस अघि नै अमेरिकी विदेशमन्त्री मार्क रुबियोले बल रुसको कोर्टमा भएको बताएका थिए।
उनले रुसप्रति पनि सकारात्मक अपेक्षा राखेको बताएका थिए। साउदी अरेबियाको वार्ता सकिएपछि मध्यपूर्वका लागि अमेरिकी दूत स्टिभ विकोफ नै रुससँग वार्ता गर्न त्यसतर्फ गएका हुन्।
ह्वाइट हाउसले यो योजना बुधबार नै बनाएको हो। रुसले भने यो प्रस्ताव पढेर निर्णय गर्ने जनाएको छ।
सम्बन्धित
















म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गर्नेलाई सिआइबीले पत्ता लगायो
आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
प्रतिक्रिया