होली पर्व सुरक्षित बनाउन रौतहटमा ५१३ प्रहरी परिचालन

असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा परापूर्वकाल देखि हिन्दूहरूले मनाउने होली पर्व आज पहाड र हिमालमा मनाईँदै छ ।
प्रत्येक बर्षको जस्तै होलिका दहन स्थानीय भाषामा ( समत जलाएको) भोली पल्ट अर्थात तराई मधेशमा हिन्दू समुदायले होलि पर्व भोली मनाउने छन् । रौतहटमा होली पर्व सुरक्षित रूपमा सम्पन्न गराउन ५१३ जना प्रहरी जनशक्ती परिचालन गरिने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। भोली होली पर्वको दिन एसपी दिलीप घिमिरेको नेतृत्वमा ७ जना जनशक्ती परिचालन गरी कमाण्ड पोष्ट राखिने छ।
त्यसैगरी दुईजना डिएस्पीको १४ जना जनशक्ती सहित दुईवटा अनुगमन टोली परिचालन गरिने एसपी घिमिरेले बताएका छन्। ३ जना इन्स्पेक्टरको कमाण्डमा ५२ जना प्रहरी सहित रिजर्व टोली,३ जना इन्स्पेक्टर सहित ५२ जनाको कियु आर टी,३ जना इन्स्पेक्टर सहित ३४ जना प्रहरीको छुट्टाछुट्टै ३ चेकिङ टोली परिचालन गरिने योजना रहेको छ।
त्यस्तै ५२ जना प्रहरीको टोलीले ३ वटा मोबाईल गस्ती,३२ जना प्रहरी द्धारा मोटरसाईकल गस्ती,९ जना प्रहरी लाई बिशेष सूचना संकलनका लागि सादापोशाकमा खटाइने योजना रहेको एसपी घिमिरेले बताएका छन्।
त्यस्तै २५ जना प्रहरी द्धारा पैदल गस्ती ,१९० जना प्रहरी लाई पिकेट टोली र भोली बिहानै देखी जिल्लाको बिभिन्न स्थानमा ३६ जना ट्राफिक प्रहरी परिचालन गरिने योजना रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।











बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया