होली पर्व सुरक्षित बनाउन रौतहटमा ५१३ प्रहरी परिचालन

असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा परापूर्वकाल देखि हिन्दूहरूले मनाउने होली पर्व आज पहाड र हिमालमा मनाईँदै छ ।
प्रत्येक बर्षको जस्तै होलिका दहन स्थानीय भाषामा ( समत जलाएको) भोली पल्ट अर्थात तराई मधेशमा हिन्दू समुदायले होलि पर्व भोली मनाउने छन् । रौतहटमा होली पर्व सुरक्षित रूपमा सम्पन्न गराउन ५१३ जना प्रहरी जनशक्ती परिचालन गरिने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। भोली होली पर्वको दिन एसपी दिलीप घिमिरेको नेतृत्वमा ७ जना जनशक्ती परिचालन गरी कमाण्ड पोष्ट राखिने छ।
त्यसैगरी दुईजना डिएस्पीको १४ जना जनशक्ती सहित दुईवटा अनुगमन टोली परिचालन गरिने एसपी घिमिरेले बताएका छन्। ३ जना इन्स्पेक्टरको कमाण्डमा ५२ जना प्रहरी सहित रिजर्व टोली,३ जना इन्स्पेक्टर सहित ५२ जनाको कियु आर टी,३ जना इन्स्पेक्टर सहित ३४ जना प्रहरीको छुट्टाछुट्टै ३ चेकिङ टोली परिचालन गरिने योजना रहेको छ।
त्यस्तै ५२ जना प्रहरीको टोलीले ३ वटा मोबाईल गस्ती,३२ जना प्रहरी द्धारा मोटरसाईकल गस्ती,९ जना प्रहरी लाई बिशेष सूचना संकलनका लागि सादापोशाकमा खटाइने योजना रहेको एसपी घिमिरेले बताएका छन्।
त्यस्तै २५ जना प्रहरी द्धारा पैदल गस्ती ,१९० जना प्रहरी लाई पिकेट टोली र भोली बिहानै देखी जिल्लाको बिभिन्न स्थानमा ३६ जना ट्राफिक प्रहरी परिचालन गरिने योजना रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
















अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
पोखरामा गाडी दुर्घटना हुँदा १० जना घाइते
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
प्रतिक्रिया