गण्डकी प्रदेशमा दुई कोरोना सङ्क्रमितको मृत्यु
मेरोन्यूज
२०७८ वैशाख १७ गते १५:४१

पोखरा । गण्डकी प्रदेशमा आज दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पोखराको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा पोखरा महानगरपालिका–६ का ८२ वर्षीया सङ्क्रमित महिलाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
त्यस्तै स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ का ६२ वर्षीय पुरुषको हिजो राति १२ः४५ बजे मणिपाल अस्पतालमा मृत्यु भएको निर्देशनालयले जनाएको छ । यीसँगै प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २२३ पुगेको छ । रासस
सम्बन्धित
















हेटौँडामा दुई मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, २ घाइते
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु
भारतमा जनगणना सुरु
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
प्रतिक्रिया