पर्सामा कल बाइपास गरिरहेका १९ वर्षीय युवक पक्राउ

काठमाडौं ।अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भिओआइपी) सञ्चालन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्सा वीरगन्ज महानगरपालिका-२० स्थायी घर भई हाल वीरगन्ज महानगरपालिका-३० लालपर्सा बस्ने १९ वर्षीय धिरज पठेल रहेका छन्।
वीरगन्ज महानगरपालिका-१६ को एउटा घरबाट पटेललाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।
दुई तले घरको दोस्रो तलामा एउटा कोठा भाडामा लिएर उनले कल बाइपास गराइरहेको पाइएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक सुधीरराज शाहीले बताए।
नेपाल टेलिकम र एनसेल कम्पनीका प्राविधिकहरूको सहयोग र समन्वयमा उनलाई पक्राउ गरिएको शाहीले बताए।
पटेलले सञ्चालन गरेको कल बाइपास स्थानबाट भिओआइपी गेटवे ३२ पोर्ट थान दुई, भिओआइवी गेटवे १८ पोर्ट एक थान, एनसेल कम्पनीका सिमकार्ड १४ थान, राउटर, ल्यापटप, इन्भर्टर दुई-दुई थान, कनेक्टर, मोबाइल र ३२ जिबीको एक थान पेनड्राइभ बरामद भएको छ।
कल बाइपासको नेटवर्क अन्तर्राष्ट्रिय तह हुँदै नेपालसम्म आइपुगेको हो। प्रहरीका अनुसार विदेशबाट नेपाल आउने नेटवर्क सर्भरलाई बीचबाटै डाइभर्ट गरी कल बाइपास गरिन्छ।
कल बाइपास गर्दा टेलिकमले पाउने राजश्व गिरोहले बीचबाटै गायब पार्ने हुनाले सेवा प्रदायक कम्पनीलाई सिधै नोक्सान पुग्छ।
‘कल बाइपासबाट पटेलले के कति नोक्सान भएको हो भन्ने विवरणको लेखाजोखा हुन बाँकी छ,’ शाहीले भने।
पक्राउ परेका पटेललाई दुरसञ्चार ऐन २०५३ अन्तर्गतको कसुरमा हिरासतमा राखेर अनुसन्धान थालिएको छ।















Campaign on conservation of leasehold forest in Chitwan
वीरगञ्जका विभिन्न क्यासिनोबाट ६ जना पक्राउ
युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव
थलापति विजय तमिलनाडुको मुख्यमन्त्री
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु
मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो
प्रतिक्रिया