हत्या र शृंखलाबद्ध चोरी-डकैतीका फरार अभियुक्त पक्राउ

काठमाडौं । हत्या तथा शृंखलाबद्ध चोरी-डकैती मुद्दामा फरार अभियुक्त पक्राउ परेका छन्।
पक्राउ पर्नेमा विकास मोटे, अर्जुन भनिने ४१ वर्षीय बुद्धिमान तामाङ रहेका छन्। सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ घर भएका उनलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले शुक्रबार ललितपुर लगनखेलबाट पक्राउ गरेको हो।
ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक सुधीरराज शाहीका अनुसार तामाङविरूद्ध एउटा कर्तव्य ज्यान मुद्दा र अन्य चार वटा चोरी तथा डाँका मुद्दा छन्।
तामाङविरूद्ध २०७९ माघ १४ गते राति साढे ११ बजे बागलुङ बडिगाड गाउँपालिका-३ सिसाखानी घर भएकी ५८ वर्षीया गोपालकुमारी शेरचनलाई उनले सञ्चालन गर्ने होटलमा हत्या गरी गरगहना र नगद लुटेर रहेको मुद्दा छ।
गुल्मी मुसिकोट नगरपालिका-७ मा गोपालकुमारी होटल सञ्चालन गरेर बसिरहेका बेला होटलमै गएर हात, खुट्टा मुखमा कार्टुन टेपले बाँधेर हत्या गरेर तामाङ फरार भएको शाहीले बताए।
सोही साल कात्तिक २७ गते तामाङले धुलिखेल नगरपालिका-९ फस्कोटका विक्रम तामाङकी श्रीमती बेली तामाङलाई लुटेका थिए। भोट माग्न आएको भन्दै उनीलगायत चार जनाले तामाङलाई धारिलो हतियार प्रहार गरी डोरीले बाँधेर गरगहना लुटेको घटना प्रहरीमा छ।
काभ्रेपलाञ्चोकमै २०८१ साल साउन ३१ गते तामाङसहित चार जनाले पनौती नगरपालिका-५ चौकोटका धर्मगोपाल श्रेष्ठबाट ४० हजार नगद लुटेका थिए। श्रेष्ठले सञ्चालन गर्दै आएको ग्रीन हिल नेवा खाजा तथा खाना घरमा गएर उनीहरूले हतियार देखाएर नगद लुटेका थिए।
काभ्रेकै बनेपा नगरपालिका-३ टनचोकमा गत माघ ४ गते राति १२ बजे तामाङसहित चार जनाले ३२ वर्षीय लोप्चन लामाको घरमा लुटपाट गरेका थिए। धारिलो हतियार देखाएर उनीहरूले दराजभित्र रहेको मोबाइल, नगद, गरगहना लुटेका थिए।
काभ्रेकै बनेपा-४ रेडक्रस टोलमा बस्ने ३० वर्षीय सुकान्त बम्जनको घरमा गत माघ १३ गते लुटटपाट भएको थियो। सुनको गहना र नगद लुटेको उक्त घटनामा तामाङसहित चार जना संलग्न थिए।
ती घटनाहरूमा तामाङसहित सिन्धुपाल्चोक बाह्रबिसे-२ कर्थलीका वीरबहादुर तामाङ, उदयपुर कटारी-१४ का राजुकुमार दनुवार र ओखलढुंगा खिजिफलाटे गाउँपालिका-९ का महेशकुमार खड्का संलग्न थिए। उनीहरूमध्ये वीरबहादुर सिन्धुपाल्चोक जिल्ला प्रहरी, दनुवार र खड्कालाई यसअघि नै प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय बनेपा पठाइएको छ।
बुद्धिमानलाई अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाइएको छ।

















Slight increase in gold price
मानव अधिकार संरक्षणका निम्ति नेपाल प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की
One more Election Policeman dies in Baitadi
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
सम्बोधनअघिको दबाबमा ट्रम्प
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
प्रतिक्रिया