प्रचण्डलाई ज्ञानेन्द्र शाहीको चेतावनी- भट्किला झुठा भाषण गर्दै हिडेमा जनताले माफी दिने छैनन्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले विदेशीको इसारामा तत्कालीन सरकार र तत्कालीन विद्रोही माओवादीले मिलेर वीरेन्द्रको वंश नाश गरेको आरोप लगाएका छन् ।
शुक्रबारसिन्धुपाल्चोक पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मूर्ति चोर, सुन तस्कर र आफ्नै वंशको नास गर्ने ‘भाइमारा’ को आरोप लगाएपछि त्यसको सामाजिक सञ्जालमार्फत जवाफ दिदै शाहीले भट्किला झुठा भाषण गर्दै हिडेमा प्रचण्डलाई नेपाली जनताले माफी नदिने चेतावनी दिएका छन् ।
उनले भनेका छन्- ‘…भारतमा लुकेर राजनीतिक रूपमा भड्काएर १७ हजार नेपाली निमुखा गरिबका छोराछोरी कसले मार्यो तपाईँले मार्यो ? निहत्या नागरिकलाई बाटोबाटोमा बम ठाप्दै कसले हत्या गर्यो ? तपाईंले गर्यो ।विदेशीको इशारामा मन्दिरका ,गुम्बाका पुजारी,लामालाई कसले घाँटी रेटयो ? तपाईँले रेटयो । ३३ किलो सुन तस्कर कसले गर्यो ? तपाईंले गर्यो । क्यान्टोनमेन्ट घोटाला कसले गर्यो ? तपाईंले गर्यो । सिधा भाषामा भन्दा बिदेशीको इसारामा प्रचण्डजी तपाईं र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गर्यौ । तर यस्तै भट्किला झुठा भाषण गर्दै हिँड्यौ भने प्रचण्डजी नेपाली जनताले तपाईंलाई माफी दिने छैनन् । त्यसैले भन्छु नविनतम सम्झौतामा आउनुस् विदेशीको गुलाम जति गर्नुभयो गरिसक्नु भो अब देशका लागि केही काम गर्नुस् ।’















तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत
सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
‘म्यागासेसे’ को संसद् यात्रा…
प्रतिक्रिया