‘डाउन सिन्ड्रोम’ भएका विद्यार्थीलाई परीक्षामा विशेष सहुलियत

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अटिजम, बौद्धिक अपांगता, डाउन सिन्ड्रोमलगायत अवस्था भएका विशेष प्रकृतिका विद्यार्थीलाई आधारभूत तह परीक्षामा विशेष सहुलियतसहित सहभागी गराउने भएको छ ।
आज आधारभूत तह उत्तीर्ण परीक्षा समितिका अध्यक्ष एवं निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीको संयोजकत्वमा बसेको बैठकले यस्ता विद्यार्थी अध्ययनरत विद्यालयमा नै परीक्षा केन्द्र रहने गरी परीक्षाको प्रबन्ध चिलाउनेसहितका सहुलियतसम्बन्धी निर्णय गरेको हो ।
विभागका अनुसार अहिलेसम्म छवटा विद्यालयका छ जना विद्यार्थीलाई यस प्रकारको सहुलियत दिनुपर्ने देखिएको छ ।
समितिले फागुन २२ गते विवरण पठाउन गरेको पत्राचारबाट यो संख्या प्राप्त भएको कामपाको भनाइ छ । शिक्षा नियमावली, २०५९ को नियम ४७ बमोजिम दृष्टिविहीन, बहिरा, सुस्त श्रवण, मनोसामाजिक अपांगता भएका विद्यार्थीका लागि निजले बुझ्ने सांकेतिक भाषामा परीक्षा दिने व्यवस्था मिलाइनेछ । यस्ता विद्यार्थीले निर्धारित समयभित्र परीक्षा दिन नसक्ने देखिएमा केन्द्राध्यक्षले वा सम्बन्धित विद्यालयले बढीमा एक घण्टा ३० मिनेटसम्म थप समय उपलब्ध गराउन सक्नेछन् ।
उत्तर पुस्तिकालगायतका परीक्षासँग सम्बन्धित सामग्री शिक्षा विभाग वा तोकिएको परीक्षण केन्द्रमा बुझाउनुपर्नेछ । विकासात्मक अपांगता भएका बालबालिकालाई क्षमतासम्बन्धी सहायता आवश्यकता परेमा वा प्रश्न पत्र तथा परीक्षामा लेख्न समस्या भएमा त्यस्ता बालबालिकाका लागि विद्यालयले व्यक्तिगत सहयोगको व्यवस्था मिलाउन सक्नेछन् । कामपाले तयार पारेको प्रश्न पत्रबाट विकासात्मक अपांगता वा विशेष प्रकृतिका बालबालिकाले परीक्षा दिन नसक्ने भएमा विद्यार्थीको सिकाइ प्रकृतिका आधारमा विद्यालयले उपयुक्त मूल्यांकन मापदण्ड तयारी गरी विद्यार्थी मूल्यांकन गरेर प्राप्तांक सम्बन्धित स्रोत केन्द्रमा बुझाउनु पर्नेछ ।
आगामी शैक्षिक सत्रका लागि सुरुआतकै दिनमा शिक्षा विभागले विकासात्मक अपांगता भएका बालबालिकाको विवरण संकलन र विश्लेषण गर्नेछ । विभागले, त्यस्ता बालबालिकाका लागि सिकाइ र मूल्यांकनका राष्ट्रिय परीक्षा बोर्ड, पाठ्यक्रम विकास केन्द्रसँग समन्वय गरेर छुट्टै मापदण्ड तयार गर्ने निर्णय भएको छ ।
विभागले परीक्षा सञ्चालन हुने विद्यालयका प्रधानाध्यापकलाई विभागले केन्द्राध्यक्षका रूपमा नियुक्ति गर्नेछ । प्रधानाध्यापकको कार्यभारका कारण केन्द्राध्यक्ष रहन नसक्ने अवस्थामा सहायक प्रधानाध्यापक वा प्रधानाध्यापकले तोकेको वरिष्ठतम शिक्षकलाई केन्द्राध्यक्षको जिम्मेवारी प्रदान गर्न सकिने पनि बैठकले निर्णय गरेको छ ।
कोडिङ र डिकोडिङ गरेर उत्तरपुस्तिका परीक्षणको काम पनि विभागले गर्नेछ । यो काम स्रोत केन्द्रहरूबाट हुने पनि कामपाले जानकारी दिएको छ । कामपाभित्र ११ वटा स्रोत केन्द्र छन् ।















यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै
निर्वाचनका लागि स्थापना गरिएका विशेष एकाइ तथा समन्वय केन्द्र बन्द गरिने
दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निजामती अस्पतालको सेवा सुरु हुने
पश्चिम एसिया क्षेत्रमा आंशिक हवाई उडान सुरु
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
भोजपुरमा शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका ध्रुवराज निर्वाचित
सुनसरी-२ मा रास्वपाका लालविक्रम थापा फराकिलो मतान्तरले विजयी
प्रतिक्रिया