मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
मेरोन्यूज
२०८१ चैत १ गते १४:१५

इनरुवा (सुनसरी) । इटहरी उपमहानगरपालिका–१२ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक विराटनगर १० का २४ वर्षीय पुरन चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक युवराज खतिवडाले जानकारी दिए ।
इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०२–०४८प ३८७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटना हुँदा मोटरसाइकल चालक पुरन चौधरी र त्यसमा सवार उदयपुर कटारी–२ का २८ वर्षीया उमा सुनुवार घाइते भएकामा पुरन चौधरीको उपचारको क्रममा मृत्यु भएको छ भने सुनुवारको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खतिवडाले जानकारी दिए ।
सम्बन्धित















मौसम पूर्वानुमान : कस्ताे रहला आज देशभरकाे माैसम ?
दूतावासले साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन यस्ताे अनुरोध गरेकाे छ
अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीले दिए बधाई
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
‘म्यागासेसे’ को संसद् यात्रा…
गौरादहका नगरप्रमुखलाई दूर्व्यवहार गर्ने व्यक्ति पक्राउ
प्रतिक्रिया