अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका–१० बस्ने ३४ वर्षीय युवराज घिमिरे पक्राउ परेका छन् ।
निजले अल्बानिया पठाइदिन्छु भन्दै एक जनाबाट रु एक लाख ठगेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
चार जना मृत भेटिए
यसैबीच, झापाको हल्दिबारी गाउँपालिका–४ मङ्गलबारे बस्ने ६० वर्षीय थुरूम मर्डी आफ्नै घरमा आज मृत अवस्थामा फेला परेका छन् ।
झापाकै मेचीनगर नगरपालिका–१५ गाईनोबारी बस्ने ३२ वर्षीय वीरबहादुर राजवंशी पनि आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । बैतडीको दोगडाकेदार गाउँपालिका–५ दोलीस्थित महाकाली राजमार्ग सडक छेउमा नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष मृत अवस्थामा फेला परेका छन् ।
रौतहट, चन्द्रपुर नगरपालिका–७ स्थित आमो खोलामा नाम, थर, वतन नखुलेका अन्दाजी ३६ वर्षीय पुरूष मृत भेटिएका समाचारकक्षले प्रकाशन गरेको आजको समाचार बुलेटिनमा जनाइएको छ ।














यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते
ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था
बजारमा ग्यास अभाव, आयात भने नियमित
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया