पीएम कप : गण्डकी ३१ रनमा अलआउट, विपिन महतोले लिए ६ विकेट

काठमाडौँ । जारी पीएम कप अन्तर्गतको खेलमा गण्डकी प्रदेश ३१ रनमा अल आउट भएको छ ।
सिद्धार्थनगर रंगशाला, भैरहवामा जारी खेलमा कोशी प्रदेशविरुद्ध गण्डकी ३१ रनमा अल आउट भएको हो ।
टस जितेर पहिला ब्याटिंग गरेको गण्डकी प्रदेशले २०.४ ओभरमा अल आउट हुदै ३१ रन मात्र बनाएको हो ।
गण्डकीका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । चार ब्याट्सम्यान शुन्यमा आउट भएका थिए भने अर्जुन कुमालले सर्बाधिक ९ रन र सुजन गौतमले ६ रन बनाएका थिए ।
त्यस्तै गण्डकीको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा कोशी प्रदेशका बलर विपिन महतोले ६ विकेट लिएका थिए । विपिनले ८ ओभरमा ३ मेडनसहित १७ रन दिएर ६ विकेट लिएका थिए । त्यसैगरी फिर्दोश अन्सारीले ३ र दिपेस कँडेलले एक विकेट लिएका थिए ।
यो पीएम कपमा कुनै पनि टिमले बनाएको दोस्रो कम टोटल हो । यस अघि २०२४ को पीएम कपमा कोशीले गण्डकीविरुद्धको खेलमा २५ रन मात्र बनाएको थियो ।
















छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु
सुडानको डार्फर अस्पतालमा आक्रमण: ६४ जनाको मृत्यु
एभरेष्ट बैंकद्वारा नयाँ वर्ष २०८३ सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक
देशका विभिन्न भागबाट लागुऔषधसहित सात जना पक्राउ
सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया