फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन: प्रचण्ड

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कसैको तस्बिर जलाउँदैमा सरकारले पक्राउ गर्न नहुने बताएका छन्। उनको तस्बिर जलाएको आरोपमा राप्रपाका एक नेता आइतबार पक्राउ परेपछि दाहालले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गरेका हुन्।
पक्राउ पर्ने कालिकोटका निराजन बम राप्रपाको भ्रातृसंगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संघका महासचिव हुन् । उनलाई प्रहरीले आइतबार भरतपुर विमानस्थलबाट पक्राउ गरेको हो।
उनले शनिबार हेटौंडाको एक कार्यक्रममा प्रचण्डको तस्बिर जलाएका थिए। उनले कार्यक्रममा ‘तपाईंहरू यो मान्छेलाई त चिन्नुहुन्छ होला नि’ भन्दै प्रचण्डको तस्बिर जलाएका थिए।
दाहालले आइतबार सामाजिक सञ्जालबाट भनेका छन्- ‘लोकतन्त्रमा बिरोधका बिभिन्न रुप हुन्छन्। फोटो जलॉउदैमा गिरफ्तार गर्नु उचित हुँदैन।’
उता बमलाई भरतपुर विमानस्थलबाट पक्राउ गरेर प्रहरीले मकवानपुर पठाएको छ। डीएसपी श्यामु अर्यालले बमलाई मकवानपुर प्रहरी कार्यालयमा उपस्थित गराइएको जानकारी दिएका छन्।
तस्बिर जलाउँदैमा पक्राउ गर्न उचित नहुने भन्दै सामाजिक सञ्जालमा यसको विरोध भइरहेको छ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया