एटलेटिकोमाथि बार्सिलोनाको शानदार जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले एटलेटिको म्याड्रिडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले एटलेटिको म्याड्रिडलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
यस खेलमा बार्सिलोना २-० ले पछि परेको अवस्थामा पुनरागमन गर्दै शानदार जित हासिल गरेको थियो ।
बार्सिलोनाको जितमा फेरान टोरेजले २ गोल गरेका थिए भने रोबेर्ट लेवानडोस्की र लामिन यमलले एक एक गोल गरेका थिए ।
त्यसअघि एटलेटिको म्याड्रिडका लागि जुलियन अल्भारेज र एलेक्जान्डर सोरलोथले एक एक गोल गरेका थिए । खेलको ७०औं मिनेटसम्म २-० ले अघि रहेको एटलेटिकोले त्यसपछि ४ गोल खाएको थियो ।
यो जितपछि बार्सिलोना लिगको शिर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाको २७ खेलमा ६० अंक भएको छ । त्यस्तै २८ खेल खेलेको रियल म्याड्रिड ६० नै अंकसहित दोस्रो स्थानमा रहेको छ ।
त्यसैगरी एटलेटिको म्याड्रिडको २८ खेलमा ५६ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा छ ।















मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया