युद्ध रोक्न ट्रम्प र पुटिनबीच वार्ता हुँदै

काठमाडौँ । रुस र युक्रेनबीच चलिरहेको युद्ध रोक्नको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच महत्त्वपूर्ण कुराकानी हुने भएको छ । मिडिया रिपोर्टका अनुसार यो कुराकानी मंगलबार हुने तयारी भएको छ ।
ट्रम्प र पुटिनबीचको वार्तालाई महत्त्वपूर्ण मानिएको छ । युक्रेनसँगको युद्धमा ३० दिनको युद्धविरामको लागि अमेरिकी प्रस्तावमा छलफल गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राजदूत स्टिभ विटकफसँग भेट गरेपछि ट्रम्प र पुटिनवीच कुराकानी गर्ने तय भएको हो ।
यसअघि, पुटिनले एक पत्रकार सम्मेलनमा सिद्धान्ततः युद्धविरामको समर्थन गर्ने, तर युद्धविराम दिर्घकालिन समाधान उन्मुख हुनुपर्ने बताएका थिए ।
त्यस्तै जेलेन्स्कीले पहिले नै युद्धविराम प्रस्तावलाई समर्थन गरिसकेका छन् । युक्रेनले पहिले नै युद्धविराम प्रस्तावलाई समर्थन गरिसकेको छ। यद्यपि, युक्रेनी अधिकारीहरूले सार्वजनिक रूपमा मस्को त्यस्तो सम्झौतामा प्रतिबद्ध हुन्छ या हुदैन भन्ने बारेमा शंका व्यक्त गरेका छन् ।
बेलायती प्रधानमन्त्री केयर स्टारमरले आयोजना गरेको पश्चिमी सहयोगीहरू बीचको अनलाइन वार्तापछि कीभमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले दीर्घकालीन शान्ति योजनाको बारेमा छलफल गर्न ३० दिने पूर्ण युद्धविरामको प्रस्तावलाई समर्थन जनाएका छन् ।
यसैबीच, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले एन्ड्री ह्नाटोभलाई युक्रेनी सशस्त्र बलको नयाँ प्रमुख जनरल स्टाफ नियुक्त गरेका छन्। यो कदम यस्तो समयमा आएको हो जब युक्रेनले कुर्स्क क्षेत्रमा रूसको पकड र डोनेट्स्कमा बढ्दो दबाबको सामना गर्न आफ्नो सेनालाई पुनर्गठन र बलियो बनाउने प्रयास गरिरहेको छ ।
ह्नाटोभले फेब्रुअरी २०२४ देखि उक्त पद सम्हालिरहेका अनातोली बारहिलेभिचको स्थान लिएका छन् । बारहिलेभिच अब युक्रेनको रक्षा मन्त्रालयमा महानिरीक्षकको रूपमा काम गर्नेछन् । त्यस्तै ओलेक्जेन्डर सिर्स्की युक्रेनको सशस्त्र बलको ‘कमाण्डर-इन-चीफ’ रहनेछन् ।









क्षतिग्रस्त सिंहदरबार अवलाेकन गर्दै पूर्वराष्ट्रपति भण्डारीले भनिन्- चाँडै पुनःनिर्माण हुनेमा विश्वास छ
जनकपुरलाई कर्णालीले दियो १३० रनको लक्ष्य
निर्धारित समयमा निर्वाचन हुन्छः अर्थमन्त्री खनाल
बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो
एनपीएल : ४ टोली च्याम्पियन बन्ने दौडमा
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
प्रतिक्रिया