नयाँ वर्षमा पर्यटकलाई २० प्रतिशत सहुलियत

कास्की । पर्यटकीय राजधानी पोखराका होटलले पर्यटकलाई लक्षित गरी नयाँ वर्षमा होटलको दररेटमा २० प्रतिशत सहुलियत प्रदान गर्ने भएका छन् ।
नेपाली संस्कृतिको संरक्षण, नेपाली खाना तथा आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले होटल सङ्घ पोखराद्वारा पर्यटकीय लेकसाइडमा गर्न लागिएको २०औं फेवा नववर्ष महोत्सव २०८१ का बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पर्यटकलाई उक्त छुट दिन लागिएको बताइएको हो ।
यही चैत ३० देखि आगामी वैशाख १ गतेसम्म फेवा किनारमा गर्न लागिएको उक्त महोत्सवमा नेपाली खाना तथा मौलिक संस्कृतिको प्रचारप्रसार एवं पर्यटन प्रवर्द्धन गरी पर्यटकको बसाइ लम्ब्याइने जानकारी संघका अध्यक्ष लक्ष्मण सुवेदीले दिए । देशको अर्थतन्त्र सुस्ताएको अवस्थामा अर्थतन्त्र चलायमान बनाउन महोत्सवले सहयोग पुर्याउने जानकारी दिँदै उनले महोत्सव सम्पन्न गर्न रु ५० लाख खर्च लाग्ने बताए। ‘जाउँ है पोखरा ’ अन्तर्गत संघले घुमघाम पोखरा, शैक्षिक भ्रमण पोखरा, मधुमास पोखरा जस्ता सहुलियत प्याकेज पनि पर्यटकका लागि घोषणा गरेको छ।
महोत्सव सम्पन्न गर्न २१ वटा समिति गठन गरिएको जानकारी दिँदै उनले महोत्सव स्थलमा विभिन्न सांस्कृतिक कार्यक्रम, लोक दोहोरी, खेलकुद, पर्यटक दौड, पप कन्सर्ट, कृषि एवं हस्तकलाका सामग्री प्रदर्शनी गरिने बताइएको छ । महोत्सव पोखराको ड्यामसाइटबाट खहरेसम्मको तीन किलो मिटर दूरीको सडक तथा फेवाताल किनारमा हुनेछ ।
पोखराका होटलमा ४० हजार पर्यटक क्षमता भएकामा हाल स्वदेशी तथा विदेशी गरी ४० प्रतिशत ‘अकुपेन्सी’ पुगेको अध्यक्ष सुवेदीले जानकारी दिए । पोखरा महानगरपालिकाले सन् २०२५ लाई पोखरा भ्रमण वर्ष घोषणा गरेसँगै यतिवेला आन्तरिक एवं भारतीय पर्यटकको संख्या बढेको छ ।











कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया