प्रहरीमा सुधार आवश्यक छ, प्रारम्भ आफैँबाट गर्छु : आईजीपी थापा

काठमाडौं। नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दीपक थापाले संगठनभित्र व्यापक सुधारको आवश्यकता रहेको बताएका छन् ।
दर्ज्यानी चिन्ह ग्रहणपछि महानिरीक्षक थापाले उक्त सुरुवात आफैंबाट हुने बताए । मुलुकमा शान्ति सुरक्षाको कार्यान्वयन र मानव अधिकारको प्रत्याभूति गर्न आफू प्रतिवद्ध रहेको पनि उनले बताए ।
महानिरीक्षक थापाले सबै सकल दर्जालाई सुधारको बाटोमा अगाडि बढ्नसमेत आह्वान गरे ।
‘प्रहरीमा सुधार आवश्यक छ । अब त्यसका लागि साइत कुरेर बस्ने समय पनि छैन । सुधारको प्रारम्भ कोही र कसैबाट होईन, म भित्रैबाट आवश्यक छ भन्ने स्वीकार गरी अगाडि बढ्नुको विकल्प पनि छैन । यसैतर्फ अगाडि बढ्न म मेरा सहकर्मीलगायत सकल दर्जाहरुमा अनुरोध गर्न चाहन्छु । यसमा समन्वयत्मक भूमिकाका लागि म निरन्तर लागिरहने प्रतिवद्धतासमेत व्यक्त गर्न चाहन्छु,’– उनले भने ।
हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले थापालाई ३१औं प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो । गृहमन्त्रालयमा आज आयोजित एक समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले नवनियुक्त महानिरीक्षक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।














यस्तो छ आज तरकारिकाे मूल्य
राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि
भाषा आयोगका सदस्य सुरेश मानन्धरको निधन
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया