शाहरूख खानले पुष्पाः निर्देशक सुकुमारसँग फिल्म बनाउँदै

काठमाडौं । भारतीय सिनेमा अहिले साँच्चै पैन इन्डिया बन्दै गएको छ। हिजोआज बलिउड र साउथका कलाकार–निर्देशकहरु सँगै काम गर्न निकै जोड दिइरहेका छन् ।
जस्तो कि शाहरुख खानले एट्लीसँग ब्लकबस्टर ‘जवान’ बनाएका थिए भने सलमान खान एआर मुरुगादासको निर्देशनमा इदको अवसरमा ‘सिकंदर’ ल्याउँदै छन् । साथै, अक्षय कुमार पनि ‘कनप्पा’ मा भगवान शिवको अवतारमा देखिनेछन् ।
यसैबिच, अब अर्को ठूलो खबर आएको छ । शाहरुख खान चाँडै ‘पुष्पा’ फेम निर्देशक सुकुमारको एक्सन फिल्म साइन गर्न लागिरहेका छन् । बलिउडका ‘किंग’ भनेर चिनिने शाहरुख खानले यस अघि मणिरत्नम र एट्लीसँग काम गरिसकेका छन् । यस्तो अवस्थामा दक्षिण भारतीय निर्देशकसँग उनको यो तेस्रो जोडी हुनेछ । उनको ‘पुष्पा’ फ्रेन्चाइजका सुकुमारसँग कुराकानी भइरहेको बताइएको छ ।
‘मिड डे’ को रिपोर्टका अनुसार यस फिल्ममा शाहरुख खान एन्टी हिरोको भूमिकामा देखिनेछन् । जुन एक गाउँको राजनीतिमा एक्सन ड्रामा फिल्म बन्ने भएको छ । यो गाउँको राजनीतिमा आधारित एक्सन ड्रामा फिल्म हुने रिपोर्टमा उल्लेख गरिएको छ । फिल्ममा शाहरुख खानलाई कच्चा, देहाती र देसी अवतारमा देखाइनेछ, जुन उनको ग्लोबल स्टारडम र चम्किलो छविभन्दा एकदमै फरक हुनेछ। चलचित्रले ग्रामीण क्षेत्रमा केही वर्ग माथि हुने जातीय उत्पीडन जस्ता सामाजिक समस्यालाई उजागर गर्नेछ ।
अब फ्यानहरुको उत्साह उत्कर्षमा पुग्नु अघि नै हामी तपाईलाई यो पनि बताउछौं कि यो परियोजनाको लागि लामो समय पर्खनु पर्ने हुन्छ किनभने शाहरुख खान र सुकुमार दुवै अहिले अन्य आफ्नै प्रोजेक्टमा व्यस्त रहेका छन् । सुकुमारसँग रामचरणसँगको ‘आरसी १७’, ‘पुष्पा ३ः द र्याम्पेज’ पाइप लाइनमा छन् भने उता शाहरुख पनि ‘किंग’ र ‘पठान २’ मा काम गरिरहेका छन ।
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटुमा शक्तिशाली भूकम्प
प्रतिक्रिया