पीएम कपमा सुदुरपश्चिमको दोस्रो जित

काठमाडौं। सुदूरपश्चिम प्रदेशले दोस्रो जित हासिल गरेको छ ।
जारी प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा सुपले दोस्रो जित निकालेको हो ।
एक्ट्राटेक ओभलमा बुधबार भएको खेलमा सुदुरपश्चिमले लुम्बिनी प्रदशेविरुद्ध ५ विकेटको जित निकाल्दै दोस्रो जीत हासिल गरेको हो । जितसँगै सुदूरपश्चिमले ६ खेलमा ४ अंक जोडेको छ भने पराजित लुम्बिनीको समान खेलबाट ८ अंक हासिल गरेको छ ।
लुम्बिनीले प्रस्तुत गरेको ११७ रनको लक्ष्य सुदूरपश्चिमले ३१.१ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गरेको थियो । सुदूरपश्चिमका लागि किरण ठगुन्नाले अविजित ४३, कप्तान नारायण जोशीले अविजित २५, प्रकाश पाण्डेले २२ र खडक बोहराले ११ रन बनाउन सफल भए भने छैटौं विकेटका लागि किरण र नारायणले अविजित ५६ रनको साझेदारी गरेका थिए ।
लुम्बिनीका लागि रमेश कुर्मीले दुई तथा निर्मल गुरुङ, अजय चौहान र विप्रसन केसीले समान एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले ४४.१ ओभरमा सबै विकेट गुमाउँदै ११६ रनको योगफल तयार पार्न सफल भए ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया